काठमाडौं । अचानक कलेजोबाट रक्तश्राव भएपछि बरिष्ठ पत्रकार रामचन्द्र हुमागाईको चारदिनदेखि सिनामंगलस्थित केएमसी अस्पतालको एमआइसियू बेडमा राखेर उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ । दुईदिनसम्म बेहोस अवस्थामा रहेका हुमागाईको शुक्रबारदेखि होश आएको छ ।

हार्दिक शुभकामना !

हुमागाईको स्वास्थ्य स्थिति बुझ्न शनिबार दिउसो अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, बरिष्ठ पत्रकार कुमार शाह, लेखक तथा साहित्यकार हिरामणि दुखी, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, कवि तथा लेखक मित्रलाल पंज्ञानी, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्यहरु अनु निरौला, सागर श्रेष्ठलगायत अस्पताल पुगेका थिए । बरिष्ठ पत्रकार हुमागाईलाई भेटेर उनीहरुले स्वास्थ्यस्थिति बुझ्नुका साथै स्वास्थ्यलाभको कामना गरेका थिए ।

क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सल्लाहकार, नेपाल पत्रकार महासंघका काठमाडौं जिल्ला शाखा सदस्य, नेपालभूमि साप्ताहिकका संस्थापक प्रधानसम्पादक तथा वर्गदृष्टि साप्ताहिकको दुर्वाच्य स्तम्भका स्तम्भकार समेत रहेका बरिष्ठ पत्रकार हुमागाई अखिल नेपाल जनसाँस्कृतिक महासंघमा समेत आवद्ध रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार