काठमाडौं । वर्तमान वाम बहुमतको सरकारले सबैभन्दा टेडो आँखा कृष्णसेन इच्छुक प्रतिष्ठानमाथि लगाएको प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले बताएका छन् । इच्छुक प्रतिष्ठानको सातौं प्रज्ञासभाको अध्यक्षता ग्रहण गर्दै ज्ञवालीले उक्त कुुरा बताएका हुन् ।

हार्दिक शुभकामना !

देशभर भएका सांस्कृतिक प्रतिष्ठानहरुलाई संस्कृति मन्त्रालय अन्तर्गत नराखेर प्रदेशहरुमा फालिदिएको छ भन्दै अध्यक्ष ज्ञवालीले भने त्यो पनि विना विभागीय बनाएर, रकम कटौती गरेर, केवल भवन निर्माणका लागि मात्रै, र नाममात्रको रकम दिइएको छ । तथापि यो वर्षमा प्रतिष्ठानको भवन अपूरै भएपनि ढाँचाकाँचामा मात्र भएपनि उभिएको छ ।

ज्ञवालीले भने ‘वर्तमान सरकारको यो कार्यशैलीलाई हेर्यौं भने अबका ५ वर्षे शासनकालमा केके गर्दै छन् भन्ने प्रस्ट बुझिन्छ ।’ विचार, अडान र निरन्तर लगनका आधारमा बनेको उच्च धरोहर इच्छुकको नाममा बनेको यो प्रतिष्ठान क्रान्तिकारी, प्रगतिशील र प्रगतिवादीहरुका लागि एक सामूहिक उत्तराधिकारी बन्नुपर्छ भन्दै ज्ञवालीले कला साहित्यका माध्यमबाट दक्षिणपन्थी र जनविरोधीहरुका विरुद्ध लड्नु पर्छ भन्ने कुरामा जोड दिए ।

अहिले जनयुद्धका उदात्त भावना, विचार, सौर्य, वीरता र बलिदानीलाई अपराधीकरण गर्न खोजिएको भन्दै ज्ञवालीले तत्कालका लागि गणतन्त्रसम्म ल्याएको २०५२ सालको माओवादी धारा नवसंशोधनवादीहरुको आत्मसमर्पणले विलय गराए झैं भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर