जनकपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाल २ नं. प्रदेशले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार लिगका २ नं. प्रदेशका संयोजक गंगा महतोको नेतृत्वमा गएका सयौं युवाहरुले बेरोजगार युवाहरुलाई रोजगारी दे, नत्र बेरोजगार भत्ता दे भन्दै ३४ बुँदे ज्ञापन पत्र बुझाएका हुन् । जनकपुरको गोपाल धर्मशालाबाट निस्केको क्रान्तिकारी युवाहरुको मार्चपाससहितको ¥याली शिव चोक, भानु चोक हुँदै मुख्यमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाएर पिडारी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । युवा नेता नन्दु झाले सञ्चालन गरेको कोणसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का पिविएम कृष्णदेव सिंह दनुवार, केस जितेन्द्र सिंह लगायतका नेताहरुले २ नं. प्रदेशमा भएको बेरोजगार युवाहरुको अवस्था र उनीहरुलाई रोजगारीको ग्यारेन्टी सरकारले गर्नुपर्ने र नभए बेरोजगार भत्ता दिनुपर्ने विचार राख्दै त्यसका निम्ति क्रान्तिकारी युवाहरु जस्तोसुकै संघर्ष पनि गर्न पनि पछि नपर्ने बताएका थिए ।

हार्दिक शुभकामना !

ज्ञापनपत्रमा विदेशी लगानी संरक्षण गर्न र साना लगानीकर्तालाई संरक्षण नगरी उत्पादित वस्तुहरूको उचित मूल्य नपाउने तथा बिक्री वितरणमा अवरोध सृजना हुने, सरकारी निकायमा हुने अस्त–व्यस्तता अनियमितता तथा ठूलो मात्रामा आर्थिक चल्खेलका कारण नेपालमा सर्वसाधारण उद्योग व्यवसायी तथा कृषिमा लगानी गर्नेपछि हटिरहेकाले सरकारलाई साना किसान तथा साना घरेलु व्यवसायतर्फ गम्भीर हुन आग्रह गरेका छन् । मुख्मन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा शिक्षाको पूर्ण दायित्व राजले लिनुपर्ने, निजी स्कुल तथा कलेज खारेज गर्नुपर्ने, बेरोजगारलाई रोजगारको व्यवस्था गर्नुपर्ने, लागुऔषध दुर्व्यासनमा संलग्न युवालाई श्रमसंघ जोडेर समाजमा पुर्नस्थापना गर्नुपर्ने, बैदेशिक रोजगारलाई निरुत्साहित गरी देशभित्र रोजगारिको सृजना गर्नुपर्ने, प्रदेश २ मा खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्नुपर्ने, प्रदेश भित्रका बन्द रहेका कलकारखानालाई तत्काल संचालनमा ल्याउनुपर्नेलगायतका माग समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर