अझैं साटिएन भारु १० करोड

अझैं साटिएन भारु १० करोड

काठमाडौं । भारतले देशभर र दक्षिण एशियामा पनि चलनमा ल्याइएका ५०० र १००० का नोटहरु गैरकानुनी र अमान्य भनी मोदी सरकारले घोषणा गरेको पनि केही समय बितिसकेको छ । तर ५०० र १००० का भारु नोटहरु नेपाललगायत केही दक्षिण एशियाका देशहरुमा अझैं बाँकी रहेको पाइएका छन् ।

नेपालमा मात्र त्यस्ता नोटहरु १० करोड (अर्थात् नेपाली १६ करोड) सटही गर्न बाँकी छ । तर यसबारेमा नेपाल सरकारले भारतसँग खासै पहल गरेको देखिदैन । यसबाट स्थानीय जनता निकै ठूलो मारमा परेका छन् ।

यो समस्या भुटानमा पनि देखिएको थियो । तर भुटानी सरकारले भारतीय सरकारसँग कुरा गरेर उक्त समस्या हल गरिसकेको छ । बांगलादेश, माल्द्वीप्स, श्रीलंकाले अलि पहिल्यै यी समस्याहरु हल गरिसकेका छन् ।

नेपालमा हाल यो दश करोड, त्यो पनि स्थानीय जनताको संपत्तिका रुपमा रहेको, लाई छिट्टै सटही गरेर नेपाली चल्तीका रुपैयामा फेर्न चाहन्छन् । तर सरकारको वेवास्तापूर्ण चाल देखेर उनीहरु वाक्क पारिसकेका छन् ।