‘हामी पनि छौं’ : जर्मनीमा जातिवादविरोधी कन्सर्ट

‘हामी पनि छौं’ : जर्मनीमा जातिवादविरोधी कन्सर्ट

काठमाडौं । जर्मनीमा आयोजित एक जातिवाद विरोधी कन्सर्टमा ६५ हजार मानिसहरुले भाग लिएका छन् । थोरै मानिसहरुले मात्र भाग लिने ठानिएको उक्त कन्सर्टमा यति ठूलो उपस्थिति ऐतिहासिक नै थियो ।

एक आप्रवासीले चक्कु प्रहार गरेर स्थानीय जर्मनको हत्या गरेपछि चरम दक्षिणपन्थीहरुले ‘हामी मानिस हौं’ भनेर नारा, जुलुश र प्रदर्शन गरेका थिए । त्यसपछि जातियताको आगो क्रमशः बल्न थालेको थियो । यसलाई मत्थर पार्न र मानवीय समवेदना र सम्बन्ध स्थापित गर्न एक कन्सर्टको आयोजना गरियो । यसमा जर्मन तथा गैरजर्मनहरुको संख्या ठूलो मात्रामा उपस्थित भयो ।

स्थानीय जर्मनको हत्यापछि फैलिएको आप्रवासीविरुद्धको अविश्वास, घृणा र दुश्मनीको ठाउँमा यो कन्सर्टले आपसी विश्वास, प्रेम र सहकार्यको वातावरण सिर्जना गरेको छ । कन्सर्टमा ‘हामी मानिस हौं’ भननेहरुसँगै ‘हामी पनि छौं’ भन्ने पनि एकसाथ थिए ।