डलर बलियो हुँदा नेपाली मुद्रास्फिति

प्रकाशित मिति : २०७५ भाद्र १९

काठमाडौं । अमेरिकी डलर हालसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेपछि नेपाली मुद्रा निकै खस्किन पुगेको छ । यसले नेपाली आर्थिक जगतमा निकै गहिरो संकट खडा गर्दै गइरहेको छ

हाल एक अमेरिकी डलर बराबर नेपाली रुपैयाँ ११४ नाघ्न थालेको छ । यो नेपालको हालसम्मकै डलरको तुलनामा निकै उच्च मुद्रा स्फिति हो ।

विश्वश्रम बजार र विश्व व्यापारमा नेपाललाई यसका आवश्यकताहरुले पुर्याएपछि डलर एक्सचेन्ज नेपालीका लागि अनिवार्य बनन पुग्यो । विश्व बजारमा नेपालको नगन्य उपस्थिति तर आवश्यकता र बाध्यताको कहर भएकाले पनि डलरको आकाशिदो मूल्यवृद्धिले नेपाल र नेपालीहरुलाई जबर्जस्त घिसारिरहेको छ ।