काठमाडौं । सडकमा उत्रिएका चिकित्सकहरु र सरकारका बीचमा आउँदो एकहप्ताभित्र चिकित्सा सम्बन्धि फौजदारी प्रावधानहरु संशोधन गरिने भनी सहमति भएको छ । सहमति पछि तोकिएको समयसम्म हडतालका सबै गतिविधिहरुलाई नेपाल चिकित्सक संघले स्थगित गरेको छ । फौजदारी संहिताअन्तर्गत चिकित्ससम्बन्धि केही अव्यवहारिक र अप्रिय प्रावधानहरु राखेको भनेर सबै क्षेत्रका चिकित्सकहरु संहिताका त्यस्ता प्रावधानहरु संशोधनको माग गर्दै सडकमा उत्रिए पछि यस्तोखाले सहमति भएको हो ।

हार्दिक शुभकामना !

यसका लागि आन्दोलन नै किन त भनेर प्रश्न गर्दा अधिकांश चिकित्सकहरुले यसमा सरकारको ‘भेस्टेड इन्टेरेस्ट’ रहेको र वार्ता र मागमा कुनै चासो नै नदिएकाले सडकमा उत्रनु परेको बताउँछन् । तर सोमवार अबेर रातीसम्म चलेको र सहमतिमा पुगेको वार्ताबाट आउँदो सोमवारसम्म संशोधन प्रस्ताव ल्याउने सरकारले वाचा गरेको छ ।

चिकित्सकहरु सडकमा उत्रन नचाहेका तर सरकारको हठ र अज्ञानताका कारणले यसो भएको चिकित्सक बताउँछन् । उनीहरुका अनुसार यो सहमति पहिले नै हुनु पर्दथ्यो, त्यसले बन्द गर्नुपर्ने अवस्था नै सिर्जना हुँदैन थियो ।

सरकार राजी भएको भए अहिलेसम्म सहकार्य भएर विमति टुंगिइसक्ने थियो । उनीहरुका अनुसार चिकित्सकहरु प्रवुद्ध वर्गका रुपमा लिइन्छन् र उनीहरुबाट जनताका सेवाका कामहरु नगरिंदा जनतामा नराम्रो असर पर्न जान्छ । तर सरकारले चासो नै नदेखापछि सडकमा उत्रनुको विकल्प नै बाँकी रहेन । ऐन र संहिता बनाइँदा पनि जोजससँग सम्बन्धित छ उसलाई थाह नै दिइएन ।

चिकित्सा सेवामा केही नगन्यहरुले बदनियतपूर्ण काम गर्ने नगरेका पनि होइनन्, तर पूरै र अधिकांश चिकित्सकहरुलाई लक्षित गरेर यस्तो संहिता ल्याइनु हुँदैनथ्यो । यस्तो संहिताले त चिकित्सक टाउको जोगाउनेतिर लाग्ने छन् र समाज वा मानव सेवामा गरिने दायित्व निर्वाहप्रति अरुची प्रकट गर्ने छन् ।

चिकित्सासम्बन्धि अपराध संहिता लागू भएमा चिकित्सक डराउँछ । उसका हात काँप्छन् । दिमागले के काम गर्दैछु र कति राम्रो गर्ने भन्दा पनि मलाई मुद्दा लगाइने होला भन्नेतिर सोच्छ र डिफेन्सिभ मेडिकल उपचारतिर लाग्छ ।

चिकित्सकहरुका अनुसार त्रुटी र लापरवाही फरक कुराहरु हुन् । यो भिन्नतामा ख्याल गरिनु पर्छ । यसमा चिकित्सक सहमत छन् ।
आलोचकहरुको भनाइ अनुसार डा. केसीको निरन्तर अनसनबाट अत्तालिएको नेकपाको सरकारले केही दूराग्रह र पूर्वाग्रह सोंच राखेर पनि चिकित्सासम्बन्धि विधेयक अलि आपराधिक आँखाबाट हेरिएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर