‘ओली कर’, ओलक र आर्थिक समृद्धि

‘ओली कर’, ओलक र आर्थिक समृद्धि

काठमाडौं । पूर्वी नेपालमा पुगेर देशका प्रधानमन्त्री ओलीले भने हजार ‘उत्पादन गर्नुस्, कर लाग्दैन, तर बेच्नुभयो भने कर लाग्छ ।’ उत्पादन गर उपभोगका लागि मात्र, बेच्नका लागि होइन भन्ने अर्थ लाग्ने ओलीको सामन्तवादी सोच आर्थिक विकास र आत्मनिर्भर

अर्थतन्त्रका लागि निकै घातक छ । बेचे कर लाग्छ, खाऊलाऊ । बस् यही हो ओलीको आर्थिक समुन्नतिको मोडल ।
नेपाल जस्तो आर्थिक विकासमा पछि परेको देशका लागि उत्पादन बढाऊ कर छूट गराऊ भन्ने मोडल हुनु पर्ने थियो । तर देशमा व्याप्त सामन्तवादी र जीविकोपार्जनमुखी टुक्रे उत्पादन त्यो पनि नबेच्नका लागि गरियो भने देश कहाँ पुग्ला ? किनकि बेचेमा ओलीको कर लाग्ने भयो ।

ओली आफैले व्यापार तथा पारवाहन सन्धिका कुरा गर्ने गरेका छन् । केका लागि यी संधि गरिएका हुन् ? ओली अनभिज्ञ छन् यो कुरामा । जनतालाई राज्यले अनुदान दिएर उत्पादन बढाएर विदेशको पैठारी बढाउनतिर उत्पादन मोडल बनाउने कि एउटा भैंसी, एउटा कुखुरा, एउटा अण्डा बेचेकोमा जनतामाथि कर लगाउने ?

अनावश्यक र आश्चर्यजनक रुपमा तीनै तहका सरकारहरुले आकाशिंदो करको सीमा तोकेपछि देशको उत्पादन तथा विरण प्रणालीमा निकै ठूलो असर परेको छ । यसले देशको बचेखुचेको थारै आत्मनिर्भता पनि अब परनिर्भरतामा लगेर देशमा भयाबह आर्थिक अवस्थाको सिर्जना गर्दै छ ।

पहिलो कुरा त सेवा दिएर कर लिनु उत्तम विधि र प्रक्रिया हो । विश्वका सबै देशहरुमा यो विधि लागू छ । तर नेपालमा भने यसको विपरीत विचित्रको अवस्था सिर्जना हुन गएको छ । जनता तीन छक परेका छन् । सेवासुविधा, अनुदान र सस्तो व्याजमा ऋणको व्यवस्थाको कुरा नै छैन । यथास्थितिको बिकराल आर्थिक अवस्थामा घरायशी लेनदेन र व्यवहारका लागि गरिने विक्रिबट्टोको लागि पनि कर लिने व्यवस्था गरिएको छ ।

दोस्रो कुरा, जनता विश्वासमा आएमा वा सरकारलाई विश्वास गरेमा पहिले कर उठाऔं र देश बनाऔं, त्यसपछि कर नलगाएर देश विकास गरौं भनी आउने अवस्था पनि छैन । किनकि यो कर देश बनाउनका लागि होइन । निर्वाचित भनिएका ती प्रतिनिधिहरुका लागि गाडी खरिद गर्न, आसेपासे पोसाउन र शान देखाउनका लागि हो । त्यसैले जनता यसका लागि तयार छैनन् ।

तेस्रो कुरा, देशमा आर्थिक संकटकाल घोषणा गर्ने वा गरिने अवस्था पनि सिर्जना भएको छैन । प्रधानमन्त्री ओलीले खर्बौ रुपैया आफ्ना आसेपासेहरुलाई बाँडिरहेका छन् । विदेश भ्रमणमा जाँदा जन्ती नै लिएर बोइङ रिजर्भ गरेर जाने गरेका छन् । त्यसको ऋृण सरकारी कोषमा खर्बौ रुपैयाँ छ । त्यसैले किन तिर्ने जनताले अनवश्यक कर ? जनताले प्रम ओली र तिनका सरकारको लूटका लागि कर उठाउन मञ्जुर छैनन् ।

यो कर उठाउने विधि न त पुँजीवादी हो, न त समाजवादी ? बरु यो सामन्तवादी ठूटे उत्पादनमा मुखियाहरुले लगाउने तोकुवा वा गोरुमोलाइ कर उठाउने विधि हो । झापामा सामन्त गिंडेर नेता भएका ओलीमा सत्तारोहणपछि पल्हाएको सामन्ती तथा फासीवादी सोंचको ठिमाहा विधि हो । यसले विस्तारवादी काजी भारत र साम्राज्यवादी राजा अमेरिकाका अगाडि घुँडा टेकेर ओलक (सामन्ती करको एक विधि) चढाउँछ ।