जेनेरिक औषधि आएमा जनतालाई सुविधा

जेनेरिक औषधि आएमा जनतालाई सुविधा

काठमाडौं । औषधि उत्पादन आफैमा जेनेरिक नै हुन्छ । जेनेरिक भनेको औषधिको कम्पोजिशन हो । फ्याक्ट्रीमा उत्पादनहुँदा विना खोलका औषधि नै जेनेरिक हुन् । जेनेरिक कम्पोजिशनमा उत्पादन भएपछि व्यवसायीहरुले यसलाई रंगिन खोल, आकर्षक डिब्बा र महंगा झोला तथा कार्टुनहरुमा प्याक गरी थप आकर्षक बनाउँछन् । हेर्दा ती आकर्षक देखिएमा विरामी ग्राहकहरु आकर्षित हुने छन् भन्ने उनीहरुको व्यापारिक मनोविज्ञान हुनने गरेको छ ।

धरण जनता पनि खोल नराखेको औषधि डेट गएको हुने, कमसल हुने र नलाग्ने वा प्रभावकारिता नहुने, औषधिको गुण उडेर जाने आदि भ्रमका कारण बजारिया व्यापारिक औषधिमा नै विश्वास गर्छन् ।

तर उनीहरु यो कुरा थाह पाउँदैनन् कि यी देख्दा प्याकिङ गरिएका यी चमकधमकपूर्ण औषधि व्यापारका लागि गरिएका मात्र हुन् । यिनमा ब्राण्ड पनि लगाइएको हुन्छ । यसरी बेच्न राखिएका र हाल औषधि पसलहरुमा पाइने शतप्रतिशत औषधि ब्राण्डेड हुन् । त्यसैले ती रंगीचंगी खोलमा छन् र महंगा पनि छन् ।

तर आम जनताका लागि जेनेरिक औषधि आर्थिक तथा स्वास्थ्य दुवैका हिसाबले निकै उपयोगी हुन्छन् ।