काठमाडौं । म्यानमारबाट लखेटिएका रोहिंग्या मुसलमानहरुले बंगलादेशको विदेशी भूमिमा शरणार्थी जीवन बिताइरहेका छन् । तर उनीहरुको स्वदेश फर्कन सक्ने अधिकार अझै पनि सुनिश्चित हुन सकेको छैन ।
अन्तर्राष्ट्रिय संघसंस्थाहरुले निकै चर्कोचर्को प्रचार गरे यसका बारेमा । रोहिंग्याका मानव अधिकारका कुरा पनि निकै गरे । तर बंगलादेशी मूलका मानिने यी मुसलमान समुदाय आजसम्म पनि शरणार्थी शिविरहरुमा जीवनयापन गरिरहेका छन् ।
यो समुदायय म्यानमार फर्कंदा आफूहरु निकै नै असुरक्षित रहेको बताइरहेको छ । अर्कोतिर बांगलादेशमा उनीहरुको राम्रो र उचित भरणपोषण पनि हुन सकिरहेको छैन । बृद्धबृद्धा विरामी छन् । वालवालिका शिक्षाबाट बञ्चित भएका छन् ।
कुपोषण र रोगले ग्रस्त यो समुदाय निकै तनावमा बाँचिरहेको छ । म्यानमारकी प्रधानमन्त्रीले उनीहरुका बारेमा कुरा गर्न छाडिसकेकी छन् । अन्तर्राष्ट्रिय समुदायले यी मुसलमान भएका कारण सामान्य चासो बाहेक अरु केही पनि राखेका छैनन् ।
पहिले पहिले अमेरिकी तथा युरोपीय देशहरुमा शरणार्थी लैजाने चलन थियो । तर त्यो पनि हालका दिनहरुमा आप्रवासन नीति कडा पारिएकाले संभावना नै छैन ।