‘अपअप’मा नै जित्यो फ्रान्सले विश्वकप

‘अपअप’मा नै जित्यो फ्रान्सले विश्वकप

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं । आइतवार रातमा भव्य उत्साहका साथ फ्रान्सले विश्वकपको उपाधि हात पारेको छ । विश्वकपको २१औं सस्करणको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले हराउँदै उक्त उपाधि हात पारेको हो । यो मौका फ्रान्सले २० वर्षपछि प्राप्त गरेको हो ।

फ्रान्सले गरेका चार गोलहरु एन्टोइन ग्रिजम्यान, पल पोग्बा र केइलिन एमबाप्पेबाट भएको थियो ।

पहिलो हाफमा २–१ ले अगाडि रहेको फ्रान्सका लागि सुरुका दुई गोलमध्ये एक गोल आत्मघाती र अर्को गोल पेनाल्टीमा भएको थियो ।

मान्जुकिचबाट आत्मघाती गोल पनि भएको थियो । पेरिसिचकै कारण फ्रान्सले पेनाल्टी पाएको थियो । पहिलो हाफमा २–१ गोलले अगाडि रहेको फ्रान्सले मध्यान्तरपछि दुई गोल थप्ने मौका पाएको थियो भने क्रोएसियाले थप १ गोल गर्ने अवसर पाएको थियो ।