काठमाडौं, असार २७ । सबैलाई थाहा भएकै कुरा हो, शरीरका लागि आवश्यक पोषक तत्वमध्ये भिटामिन ‘डी’ एक अपरिहार्य तत्व हो । जसको प्राकृतिक स्रोत हो घाम तर अधिकांश युवायुवती भने घामले छाला डढ्छ भन्ने डरले घाममा तेती निस्कदैनन् । नत बिहान–बेलुकी घाम ताप्ने फुर्सद नै छ । यो अवस्था खासगरि शहरी जीवनशैलीलाई अंगाली रहेको पुस्तामा बढी मात्रामा देख्न सकिन्छ ।
भिटामिन डीले शरीरमा हड्डी बलियो बनाउने एवं त्यसको समूचित विकास गराउन सहयोग गर्छ । तर, अहिले अधिकांश शहरीया युवायुवतीको स्वास्थ्य परीक्षण गर्ने हो भने, उनीहरुमा भिटामिन–डी को कमी देखिने संभावना अधिकनै छ ।
अहिलेको स्थितिलाई हेर्ने हो भने भिटामिन डी कमी हुनुमा अस्वस्थ तथा खानपान, बदलिँदो जीवनशैली, एकै ठाउँमा धेरै बेर बसेर काम गर्ने बानी, घाममा नबस्ने आदि इत्यादी बानीका कारण अहिले युवा देखि वृद्धसम्म यो समस्याले भयावह रुप लिदैं गएको देखिन्छ । भिटामिन डीको मुख्य स्रोत बिहानी पखको घामको किरण उचित मानिन्छ त्यसबाहेक घामको किरण नै हो । त्यसबाहेक त्यसको पूर्ति गर्नको निमित्त दूध, दही, मसरुम लगायका प्राकृतिक खानेकुराले पनि शरीरमा भिटामिन डीको मात्रा बढाउन सघाउ पु¥याउछ ।
तर दिनभरको घरको काम तथा अफिसमा एउटै ठाउँमा लामो समयसम्म बसेर काम गर्ने बानीका कारण मानिसहरु धेरै बेर घाममा बस्न पाउँदैनन् । त्यसबाहेक, शरीर ढाक्ने कपडाका कारण पनि मानिसहरु घामको सम्पर्कमा आउँदैनन् । जसका कारण शरीरमा भिटामिन डीको कमी हुने गर्छ । त्यसबाहेक, शरीरमा हुने हर्मोन सम्बन्धि गडबडीका कारण पनि शरीरमा भिटामिन ‘डी’ को कमी हुने गर्दछ । त्यसबाहेक, सुत्केरी महिला तथा महिनावारी सुक्ने उमेरका महिलाहरुमा पनि यो समस्या धेरै रहेको पाइन्छ ।
शरीरमा ‘भिटामिन डी’ को सही मात्रा कति त ?
रगतमा भिटामिन डीको मात्रा ७५ न्यानो ग्राम भएमा सही मानिन्छ । त्यसभन्दा तल अर्थात रगतमा भिटामिन डीको मात्रा ५० देखि ७५ न्यानो ग्रामको बीचमा भएमा व्यक्तिलाई भिटामिन डीको कमी भएको मानिन्छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पुरुषको हकमा २०४ देखि २८८ युनिट भिटामिन डी हुनु पर्छ । त्यस्तै, महिलाको हकमा प्रतिदिन १४४ देखि २६६ प्रति युनिट भिटामिन डी हुनुपर्छ । यदी रगतमा तोकिएको युनिट भन्दा कम भिटामिन डी रहेको पाइएमा त्यसलाई भिटामिन डीको कमी मानिन्छ । शरीरमा भिटामिन डीको कमी भएमा यी लक्षणहरु देखा पर्ने गर्दछ ।
शरीरमा भिटामिन डीको कमीको लक्षण
–विना काम थकान महसुस हुनु
–जोर्नी दुख्नु
–खुट्टा तथा पैताला सुन्निनु
–धेरै बेर एकै ठाउँमा उभिनमा समस्या हुनु
–मांसपेशी कमजोर हुनु
शरीरमा भिटामिन डीको कमीको कारण
–घरको कामकाजमा व्यस्त हुनु
–पूरा शरीर ढाक्ने कपडाको प्रयोग गर्नु
–हर्मोनल बदलाव
–रिफाइन्ड तेलको प्रयोग
कसरी हटाउने भिटामिन डीको कमीको समस्या ?
चिकित्सकहरुका अनुसार खानाको माध्यमबाट भिटामिन डीको कमी कम गर्न थोरै मुश्किल छ । अण्डाको पहेलो भाग तथा विशेष किसिमको केही माछाहरुमा भरपूर मात्रामा भिटामिन डी पाइन्छ । त्यस्तै, दूध, मसरुम, दही लगायतका प्राकृतिक खानामा पनि थोरै मात्रामा भिटामिन डी पाइन्छ ।
त्यसो भए कति बेर घाम बस्ने ?
घाममा बस्नका लागि यति नै समय चाहिन्छ भन्ने यकिन तथ्यांक त र्छैन । यद्यपी, शरीरमा भिटामिन डीको कमी पूरा गर्न चिकित्सकहरु दिनमा कम्तीमा एक घण्टा घाममा बस्न सल्लाह दिने गर्दछन् । त्यसमा पनि विहान सबेरैको घाममा बस्नु तथा साझको घाममा एक छिन हिड्दा शरीरका लागि आवश्यक भिटामिन डी पर्याप्त मात्रामा पाइन्छ । तर दिउसोको घाममा सुर्यको विकिरण (युभी रेज) आउने हुदाँ यसले शरीरमा हानी र्पुयाउन सक्दछ । शरीरमा भिटामिन डी को कमी भएमा रिकेट्स, ओस्टियोमालेसिया लगायतका समस्या उत्पन्न हुनेछ ।
यसबाहेक, भिटामिन डीको सप्लीमेन्टको सेवनद्धारा पनि भिटामिन डीको कमी पूरा गर्न सकिने चिकित्सकहरुको भनाई छ । यसका लागि आवश्यक्ता अनुसार आठ हप्ता सम्म हप्ताको एक एक चक्की भिटामिन डी सप्लीमेन्ट सेवन गर्न सकिनेछ ।