काठमाडौं, असार २७ । अबदेखि उपत्यकाको ३ जिल्लामा दिउँसोको समयमा ट्रिपर चलाउन नपाइने भएको छ ।
उपत्यका लगायत देशको विभिन्न स्थानमा ट्रिपरका कारण सवारी दुर्घटना दिनप्रति दिन बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।
गृह स्रोतका अनुसार अब राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।