अर्घखाँचीको मालारानी गापामा देजमो निर्माण

अर्घखाँचीको मालारानी गापामा देजमो निर्माण

अर्घाखाँची । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको एक भेलाले मोर्चाको अर्घखाँचीको मालारानी गाउँपालिकास्तरीय कमिटी निर्माण गरेको छ । शनिबार सम्पन्न भेलाले शेरबहादुर पुनको संयोजकत्वमा उक्त कमिटी निर्माण गरेको हो । कमिटिको सचिवमा ओमबहादुर घम रहेका छन् भने सदस्यहरुमा देव घम, टोपबहादुर नगरकोटी लगायतका रहेका छन् । भेलाले नमबहादुर घम संयोजक र अशोक थापा, धनबहादुर नगरकोटी र पूर्णबहादुर पुन सदस्य रहेको सल्लाहकार समिति पनि निर्माण गरेको छ ।

शनिबारै सम्पन्न एक भेलाले मालारानी गा.पा. वडा नं.–६ मा देजमोको वडा कमिटी गठन गरेको छ । देबबहादुर घम संयोजक र ओमबहादुर घमलाई सचिवमा चयन गर्दै भेलाले सदस्यहरुमा धनबहादुर नगरकोटी, दिलिप घम, पूर्णबहादुर पुन, उमा गुरुङ, आमेकुमारी घम, दिलबहादुर घम, दिपेन्द्र सुनार, मनोज थापा क्षेत्री लगायतलाई चयन गरेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक सचिव तथा मोर्चाका ५ नं. प्रदेश संयोजक केबी गुरुङको प्रमुख आतिथ्यता गरिएको उक्त भेलामा पार्टीका जिल्ला सेक्रेटरी टकमान राउत लगायतको उपस्थिति रहेको थियो ।