पहिचानविरोधी ओली सरकारविरुद्ध बाग्लुङ ढोरपाटनमा विरोधसभा

पहिचानविरोधी ओली सरकारविरुद्ध बाग्लुङ ढोरपाटनमा विरोधसभा

 

 

 

 

 

 

 

 

 

 

 

 

बाग्लुङ । आदिवासी जनजाति महासंघ ढोरपाटन नगरपालिका बाग्लुङको आयोजनामा ४ नम्बर प्रदेशको प्रदेश सरकारले पहिचान विरोधी नामाकरण गरेको विरोधमा सभा सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न विरोध सभालाई सम्बोधन गर्दै कार्यक्रमका विषेश अतिथि आदिवासी जनजाति महासंघका नेता एवम् अखिल नेपाल मगर राष्ट्रि«य मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष निलबहादुर पुनले भने– ‘यो पहिचानविरोधी ओली नेतृत्वको सङ्घीय सरकार र प्रदेश सरकारले यस क्षेत्रको जात, जाति, आदिवासी जनजाति, भाषाभाषी समुदायका जनताको भावना, ऐतिहासिकता र वस्तुस्थितिको बारेमा छलफल र सहमतिको आधारमा निष्कर्षमा नपुगी जनताको आवाजलाई कुल्चन पुगेको छ ।’

यो निर्णयले जनताको मनोकांक्षा र मागलाई अवमूल्यन गर्दै मगरात र तमुवानको ऐतिहासिक पहिचानलाई नामेट पानै खोजेको भन्दै यसले ‘महेन्द्रकालीन एकात्मक केन्द्रिकृत गण्डकी प्रदेश नामाकरण गरेको’ मा आपत्ति जनाउँदै ‘यो सरकार र संसदवादी राजनीतिक दलहरुका त्यसप्रकारका पहिचानविरोधी एवम् जनविरोधी निर्णयहरु तुरुन्त खारेज गरियोस्’ भनी जोड्दार माग पनि गरे ।

संवोधनका क्रममा पुनले ‘शोषित उत्पीडित नेपाली जनताहरु र आदिवासी जनजातिहरुको चाहना र भावना विपरीत पहिचान मेटिने गरी अमूक र अमूर्त ढङ्गबाट भूगोल र नदीनाला तथा पहाड पर्वतको आधारमा संघीय प्रदेशहरुको नामाकरण गर्ने निर्णय गरी त्यसैलाई हुबहु लागु गरिएमा त्यसका विरुद्धमा सम्पूर्ण पहिचानका पक्षधरहरु एकजुट भई आन्दोलनमा उत्रनु पर्ने’ आवश्यकतामाथि जोड दिए ।

वीरबहादुर घर्तिमगरको अध्यक्षतामा सम्पन्न उक्त विरोधसभामा ढोरपाटन नगरपालिका वडा नंम्बर ८ का वडाध्यक्ष हरिबहादुर घर्तिमगर लगायतका वक्ताहरुले आत्मनिणर्यको अधिकारको सैद्धान्तिक स्वीकृतिसहित जातीय, क्षेत्रीय स्वायत्तता तथा उत्पीडित जातीय पहिचानसहितको संघीयताको आधारमा राज्यको पुर्नसरचना हुनुपर्दछ भन्ने मागसहित राजनीतिक अधिकारसम्बन्धी मुद्दाहरु उठाएर आन्दोलन गरिरहेको बताए । विरोध सभाको सञ्चालन भीमबहादुर घर्तिमगरले गरेका थिए ।