मेक्सिको–अमेरिका सिमानामा ठड्याउलान् ट्रम्पले पर्खाल ?

मेक्सिको–अमेरिका सिमानामा ठड्याउलान् ट्रम्पले पर्खाल ?

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं । मेक्सिकोमा वामपन्थी नेता आन्ड्रेस म्यानुअल लोपेज ओब्राडोर देशको राष्ट्रपति निर्वाचित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थप सङकटमा परेका छन् । अमेरिकाले नचाहेर पनि मेक्सिकोको राजनीतिक वातावरण वामपन्थीहरुको पोल्टामा पर्न गएपछि यो प्रतिकूलता ह्वाइट हाउसमा थपिन पुगेको हो । रिसाउन पनि र मित्रता कायम गर्न पनि खप्पिस राष्ट्रपति ट्रम्पले समयमा नै यो यथार्थतालाई बुझेर ट्वीटमार्फत् बधाइ दिई कुटनीतिक रुपमा मेक्सिकोलाई चिढिन र टाढा हुनबाट जोगाएका छन् ।

छिमेकी देशमा वामपन्थी सरकारमा आएपछि विशवको ध्यान एउटै प्रश्नमा केन्द्रित हुन पुगेको छ, त्यो हो, अब हुनसक्ने अमेरिका–मेक्सिको सम्बन्ध ? जितपछि जनतालाई सम्बोधन गर्दै ओब्राडोरले देशमा परिवर्तन ल्याउने बताएका छन् । यो परिवर्तन भनेको ट्रम्पको मेक्सिको विरोधी नीतिलाई असफल पार्ने अभियान हो । देशलाई भ्रष्टाचारमुक्त बनाउने प्रविद्धता जाहेर गरेका लोपेज ओब्राडोर राष्ट्रपति ट्रम्पका कट्टर आलोचक रहँदै आएका छन् । ट्रम्प पनि ओब्राडोरलाई मन पराउँदैनन् । साथसाथै, ट्रम्पले व्यापार तथा आप्रवासनसम्बन्धी मुद्दामा मेक्सिकोको चर्को आलोचना गरेपछि वाशिङ्टनसँगको दुई देशको सम्बन्ध संकटमा छ ।
के के आरोप लगाउँदै छन् छिमेकी देशहरु ?

वामपन्थी नेता ओब्राडोरको जीतपछि अब मेक्सिकोमा सर्वसत्तावादी शासन चल्ने हल्ला उनका पुँजीवादी छिमेकी मुलुकहरुले लगाउन थालेका छन् । यो आशयको विरुद्धमा ओब्राडोरले पहिलो वचनमा नै आफूले नागरिक स्वतन्त्रताको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसका साथै उनले अमेरिका, बेलायत लगायतका आफूलाई प्रजातान्त्रिक भन्ने देशहरुलाई व्यङ्ग्यगर्दै आफूले खुला वा गोप्य रूपमा कुनै पनि प्रकारको निरङ्कुशता लाद्न नखोज्ने कुरा बताएका छन् ।

उनका विपक्षीहरुले ओब्राडोरको लोकप्रियतावादी नीतिले पहिले नै मन्द गतिमा पुगिसकेको देशको अर्थव्यवस्थामा थप क्षति पुग्ने सक्ने भनी आलोचना सुरु गर्न थालेका छन् । मेक्सिकोलाई ‘अर्को भेनेजुएला’ मा रुपान्तरण गर्ने बनिबनाउ आरोप पनि उनीमाथि लगाउन थालिएको छ ।

आर्थिक अवस्थामा देश यसरी धराशायी हुनपुगेको मुख्य कारण देशमा विद्यमान सामाजिक र आर्थिक असमानता नै हो भन्दै उनले भ्रस्टाचार नै देशमा भइरहेको हिंसाको मुख्य कारक बताएका छन् । उनले भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने र भ्रस्टहरु कसैलाई पनि उन्मुक्ति नदिइने बताएका छन् । अमेरिका र मेक्सिकोका बीचमा सधै उठ्ने गरेको पहिलो अन्तरविरोध वा चासो भनेको अमेरिकाले उठाउँदै आएको सीमा सुरक्षा नै हो । सीमा सुरक्षा यस कारणले कि मेक्सिकोबाट हजारौं आप्रवासीहरु अमेरिकामा प्रवेश गर्दछन् । त्यसैले अहिलेका अमेरिकी राष्ट्रपति ट्रम्पले भने जस्तै रोनाल्ड रेगनले पनि सन् १९८० को दशकमा मेक्सिकोको सीमानाभर पूरै पर्खाल निर्माण गर्ने कुरा गरेका थिए । यो कुरालाई ट्रम्पले आफ्नो कार्यकालभरि उठाउने छन् ।

दोस्रो कुरा हो, अमेरिकाले मेक्सिको माथि गर्दै आएको दादागिरी । यसलाई अमेरिकाले आफूहरु मेक्सिकोवासीहरु भन्दा अब्बल रहेको ढोंगको रुपमा लिइन्छ । अमेरिकाले मेक्सिको आकाशमा विषादी छर्ने गरेको र आफ्नो भन्दा स्वास्थ्य स्थिति निकै कमजोर रहेको देखाउने सम्मका हर्कत पनि अमेरिकाले गर्दै आएको छ । यो मेक्सिकोवासीका लागि असैह्य हुँदै आएको छ । यसलाई अमेरिकी क्रुरताका रुपमा लिइन्छ । अमेरिकाले सीमा सुरक्षाका नाममा अमेरिकी सैनिक प्रयोग गरेर मेक्सिकोवासीमाथि दैनिक अत्याचार पनि गर्दै आएको छ ।

तेस्रो कुरा हो, ट्रम्पको बेढङ्को व्यापार नीति । यसले छिमेकी देशहरुलाई मात्र होइन, उसका जी–७ मा रहेका व्यापार साझेदारहरुलाई पनि कठोर निर्णय लिन बाध्यता सिर्जना गरेको छ । मेक्सिकोबाट हुने आयातित सामानहरुमा राष्ट्रपति ट्रम्पले महंगो कर लगाइसकेका छन् ।
यी र यस्ता नकारात्मक इतिहासको पृष्ठभूमिमा हालको अ‍ेरिका र मेक्सिको सम्बन्ध निकै तनावपूर्ण हुने देखिन्छ ।

तर सबैको चासोको विषय भनेको ट्रम्पले उठाउलान् मेक्सिकोको सिमानामा पर्खाल भन्ने नै हो ।