ललितपुर । शनिबार सम्पन्न एक भेलाले अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा ललितपुरको संयोजकमा मैते तामाङलाई चयन गरेको छ । ९ सदस्यीय जिल्ला समिति निर्माण गरेको ललितपुरको लगनखेलमा सम्पन्न उक्त भेलाले सह–संयोजकमा विराट तामाङ, सचिवमा टेकबहादुर तामाङ र सदस्यहरुमा राजु तामाङ, नारायणबहादुर तामाङ लगायतलाई चयन गरेको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) का ललितपुर इन्चार्ज जीवन, सेक्रेटरी दीपक र अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सह–संयोजक सुरेश तामाङ लगायत नेताहरुको उपस्थिति रहेको उक्त भेलाको अध्यक्षता मैते तामाङले गरेका थिए भने सञ्चालन टेकबहादुर तामाङले गरेका थिए ।