नेदरल्याण्ड र एमसीसी विरुद्ध लर्ड्समा खेल्ने क्रिकेट टोलीको घोषणा को–को परे ?

नेदरल्याण्ड र एमसीसी विरुद्ध लर्ड्समा खेल्ने क्रिकेट टोलीको घोषणा को–को परे ?

काठमाडौं, असार २२ । मेरिलोबन क्रिकेट क्लब र नेदरल्याण्ड्ससँग लर्ड्स खेल्ने त्रिकोणात्मक टी–२० सीरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । अगामी जुलाई २९ तारिख हुने यो खेलमा सुवास खकुरेल, विनोद भण्डारी र प्रदिप ऐरीले कमब्याक गर्दा हरि क्षेत्री नयाँ अनुहार परेका छन् ।

प्रदीप २०१५ यता र विनोद भण्डारी अन्तिमपटक विश्व क्रिकेट लिग च्याम्पियनसिपको यूएईविरुद्धको खेलयता राष्ट्रिय टोलीमा थिएनन् भने सुवास चोटका कारण लामो समय टोली भन्दा बाहिर थिए ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा अनिलकुमार साह, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी छन् । यस्तै रोहितकुमार पौडेल, सन्दिप लामिछाने, शक्ति गौचन, शरद भेषावकर, सोमपाल कामी, सुनिल धमला र सुशान भारी पनि टोलीमा छन् ।

नेपालले एकदिवसीय मान्यता पाएको उपलक्ष्यमा एमसीसीले आयोजना गर्न लागेको टी–२० सीरिजको पहिलो खेल स्थानिय समानुसार विहान १० बजे र फाइनल खेल साँझ साढे ४ बजे सुरु हुने एमसीसीले जनाएको छ ।