मुस्ताङ, असार २२ । मुस्ताङको स्याङ्बुचेमा सडक निर्माणको काम गरिरहेका मजदुरहरुको टिपर दुर्घटना परि मृत्यु भएको छ । बा २ख २२१९ नम्बरको टिपर दुर्घटना हुँदा १५ जना मजदुरको ज्यान गएको हो ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, मा कालीगण्डकी करिडोरअन्तर्गत भेनादेखि झैतेसम्म पर्ने स्याङबुचेमा खाना खाएर तामाखोलामा काम गर्न जाने बेलामा टिपर दुर्घटना हुँदा टिपरमा सवार मजदुरको मृत्यु भएको मुताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताउनुभयो ।
दुर्घटनामा परि १५, १६ जना मजदुर घाइते भएको मुस्ताङका डीएसपी महेन्द्र खड्काले जानकारी दिनुभयो । अहिले केही घाइतेलाई जिल्ला अस्पताल जोमसोममा ल्याइँदै छ । त्यस्तै घाइतेहरुको उद्दारका लागि काठमाडौंबाट एयर डाइनेस्टी तथा पोखराबाट नेपाली सेनाको हेलिकप्टर मुस्ताङका लागि उडिसकेको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।





























