काठमाडौं । राजधानी सहर काठमाडौंको मुटुमा रहेको माइतीघर मण्डला अब ‘प्लेस फर फ्रिडम’ का रुपमा चिनिन धेरै दिन बाँकी छैन । वाक तथा प्रदर्शनमा रहँदै आएको स्वतन्त्रता हनन् गर्ने उद्देश्यका साथ वर्तमान ओली सरकारले बहुमतको सरकारको ध्वाँसमा देशैभर निषेधित क्षेत्रहरु घोषणा गर्ने क्रममा माइतीघर मण्डलालाई पनि निषेधित क्षेत्र घोषणा गर्न पुगेको छ ।

यो फासीवाद उन्मुख सरकारी उर्दीका विरुद्ध सर्वोच्चमा रिट पनि परेको छ भने लगातार विरोध प्रदर्शन पनि मण्डला केन्द्रित गरेर भइरहेका छन् । माइतीघर मण्डला अब स्वतन्त्रताको पहिचान बोकेको ‘प्लेस फर फ्रिडम’का रुपमा नामाकरण हुन जाँदै छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा दिएको पूर्व एमाले र पूर्व माकेको वर्तमान सरकारको पहिलो निशानामा वाक स्वतन्त्रता परेको छ । वाक स्वतन्त्रतामाथि अघोषित प्रतिबन्ध लगाउन यो गणतन्त्र नेपालको पहिलो भनिएको सरकारले देशभर बोल्न र प्रदर्शन गर्न नपाइने गरी निषेधित इलाकाहरु घोषणा गरेको छ । यसका विरुद्धमा यो वा त्यो स्वरुपमा जनता सडकमा ओर्लिएका छन् ।

सडक संघर्षका हिसाबले पनि र कानूनी संघर्षका हिसाबले पनि अब माइतीघर मण्डला ‘प्लेस फर फ्रिडम’ का रुपमा चिनिने छ । सडक संघर्षका हिसाबले पनि र कानूनी संघर्षका हिसाबले पनि अब माइतीघर मण्डला ‘प्लेस फर फ्रिडम’ का रुपमा चिनिने छ ।

अभिव्यक्ति स्वतन्त्रताको गीत शहीद कृष्ण सेन ‘इच्छुक’ यसरी गाउँछन्–
हाम्रा हातहरुमा हत्कडी पहिराउँदै,
हाम्रा मुखहरुमा ताला झुन्ड्याउँदै
तिमी भन्छौ गाऊ न त गाऊ
तर त्यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर