उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजना एशियाको पहिलो र विश्वको दोस्रो ठूलो आयोजना हो

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजना एशियाको पहिलो र विश्वको दोस्रो ठूलो आयोजना हो

के हुँदैछ उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजनामा अहिले ?

यो बाग्लुङ जिल्लाको साबिकको बोबाङ गाबिस र निसी गाबिसको बीचमा बग्ने नदी उत्तर गङ्गालाई थुनेर बनाइने जलाशययुक्त जलविद्युत आयोजना हो । यसलाई करिब २०० मिटरको उचाइमा उठाएर ड्याम बनाइने छ ।

त्यो जलशयबाट निसी खोलामा टनेल मार्फत् जममा गरिएको पानी खसालिने छ । यसबाट ८०० मेगावाट विद्युत उत्पादन गरिने छ । यो नेपालको सबैभन्दा ठूलो प्रोजेक्ट हो । यो विश्वमा दोस्रो र एशियामा पहिलो ठूलो जलविदयुत आयोजना हो ।

यो २०३८ सालदेखि चर्चामा आएको हो । यसलाई बनाउने भनेर २०६९ सालदेखि मात्र जनस्तरमा लगिएको छ । स्थानीय जनतामाझमा छलफल चलाउने, बहसलाई लैजाने र आपसी हित तथा सहकार्यलाई प्रस्ट पार्ने कामलाई अघि बढाइएको छ ।

स्थानीय जनताको नामावली संकलन गर्ने, प्रभावित गाउँ र जनताको एकिन गर्ने, क्षतिपूर्ति आदि कुरा गरेकाले यो निर्माणको दिशातिर अघि बढेको आभाष हुन्छ । स्थानीय जनता निकै आशाावादी छन् र यससँग सम्बन्धित कामहरुमा सहभागी भइरहेका छन् । ।

तर यो आयोजनालाई पूर्व उर्जामन्त्री जनार्दन शर्माले बिद्युत विकासका डाइरेक्टर कुलमान घिसिङलाई प्रभावमा पारेर, दबाब दिएर रोक्न कोशिस गरिरहेका छन् । उनले उक्त आयोजना अघि नबढाउनू भन्ने आदेश दिएको प्रमाण पनि भेटिएको छ ।

यो विषयमा धेरै ठाउँहरुमा अन्तरक्रियाहरु भए । राजधानी काठमाडौंमा पनि भए । हामी स्थानीयले पनि यसबारेमा प्रस्ट पारिसकेका छौं । सञ्चारमाध्यमहरुले पनि यसलाई सार्वजनिक बहसका रुपमा लगिसकेका छन् । तथापि यो जलविद्युत आयोजना अहिले अबरुद्ध अवस्थामा छ ।
भौगर्भिक संभाव्यताका हिसाबले यो सम्भव छ ?

भूगोल निकै अनुकूल रहेको छ । फिजिबिलिटीको अध्ययन पनि पूरा भइसकेको छ । विषय विशेषज्ञ, स्थानीय जनता तथा राजनीतिक नेताहरुले पनि सोको सम्भाव्यताको अध्ययन गरिसकेका छन् । त्यहाँ सुरुङ खन्ने भनिएको ठाउँको पनि अध्ययन दोहर्याई–तेहर्याई भइसकेको छ । स्वाइल टेस्ट गर्ने काम पनि भइराखेको छ । भूगोल निकै सहज, अनुकूल र सम्भाव्य पनि छ । 

आश्चर्यको कुरा त के पनि भएरहेको छ भने पूर्व उर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा स्वाइल टेस्ट गर्ने मेसिन काठमाडौंमा फिर्ता लिइएको छ । 

 उत्तरगंगा नदी निसी खोलामा खसाल्दा के प्राकृतिक प्रवाह रोकिन्छ र ?

यो जलाशयले नदीको प्राकृतिक प्रवाह रोक्न पनि रोक्दैन । यसको टोटल हेड १३६५ मिटरबाट ड्रपिङहुँदै छ । पावरहाउस अन्डरग्राउण्ड हुन्छ । पावर हाउस दुईवटा बन्दछन् । पानी बहदा र पानी खसाल्दा कहीं कतै पनि जनतालाई असर गर्दैन । कतै कटानी गर्ने वा हुने भएमा त्यसका बारेमा रोकथामको संभावित उपाय पहिल्यै गरिने भएको छ ।

उत्तर गङ्गा जलाशययुक्त जलविद्युत आयोजना निसीमा खस्दा ८०० मेगावाट विद्युत उत्पादन गर्छ । त्यस पछि जुग्जा खोलामा पुग्दा १२७ मेगावाट विद्युत उत्पादन गर्छ । बुर्तिवाङको नजिकै १४३ मेगावाट र भीमगिट्ठेमा पुग्दा ७२ मेगावाट विद्युत उत्पादन गर्छ । यसले गुल्मीको बोटेगाउँ मजुवामा पुग्दा ४०० मेगावाट विद्युत उतपादन गर्छ । ११०० मिटरको सुरुङबाट कलीगण्डकीमा मिसाउँद १६०० मेगावाट भन्दा बढी जनविद्युत उत्पादन गर्दछ । यसरी ठाउँठाउँमा खसाल्दा कुनै पनि भूगोल, भौगोलिक बनावट र प्राकृतिक पानीको प्रवाहलाई असर गर्दैन ।

जलाशय बनाउँदा डुबानमा पर्ने र पहिरो जाने जोखिम कति छ ?

त्यो जोखिम छैन । भए पनि एकदमै न्युन छ । जोखिम भनेको डुबानमा पर्ने हो । जलाशय बनाउँदा त्यहाँको पुरानो एयरपोर्टको तल्लोभाग डुबानमा पर्छ । यसका लागि उचित क्षतिपूर्तिको व्यवस्था पनि गरिएको छ । यो डुबान भनेको असार, साउन र भदौको पानीले गराउने हो । जम्मा गरिएको पानीले पूरै १२ महिनासम्म विद्युत निकाल्ने हो ।

त्यहाँ रहेका निसी, बोबाङ र अधिकारीचौरमा बसोवास गरेका जनता निकै गरीब छन् । विपन्न वर्गबा नै छन् । ती बढी दलित, जनजाति नै रहेका छन् । तिनको कम उब्जाउहुने जमिन र ५०० जति कच्ची घरधुरी डुबानमा पर्छ । यसका लागि उचित मुआब्जा दिने कुरा पनि नेपाल सरकारको तर्फकाट भएसकेको छ । स्थानीय जनता राजी छन्, खुशी छन् ।
स्थानीय जनताको भनाइ के छ ?

स्थानीय जनता खुशीछन् । यो आयोजना त्यहाँका जनताका लागि सप नाको आयोजना हो । यसले त्यहाँका विपन्न तथा गरीब जनतामा हर्षका दिनहरु ल्याउने छ । जनताले कुरा बुझिसकेका छन् । उनीहरु जलाशययुक्त जलविद्युत योजना सफल भएपछिका दिनहरु परिकल्पना गर्दै कुरिरहेका छन् ।

त्यहाँ रहेका केही मानिसहरु यो आयोजनका विरुद्धमा पनि लागेको पाइएको छ । उनीहरु अरु कसैबाट उचालिएका र व्यक्तिगत स्वार्थका लागि जे पनि गर्न तयार रहेकाहरु हुन् । उनीहरुलाई स्थानीय जनताले जल माफियाका रुपमा चिन्छन् । उनीहरु झोलामा खोला हालेर हिंड्ने माफियाहरुमध्येका हुन् ।

पछिल्लो चरणमा आएर त्यहाँका केही मुट्ठीभर जलमाफिया र फटाहहरु यो आयोजनाको विरुद्धमा देखा परेको भनेर स्थानीय जनताले भन्न थालेका छन् । यी मानिसहरु पूर्व उर्जामन्त्री जनार्दन शर्माले उचालेको भनी पुष्टि पनि हुन आएको छ । ती मानिसहरु स्थानीय जनताको खोजीमा पनि परेका छन् । गाउँमा स्थानीय जनता आफैले यो कुरालाई एकापसमा शेयर गर्ने गरेका छन् ।

स्थानीय जनताको अग्राधिकारको बारेमा स्थानीय जनतामा कत्तिको बोध छ ?

विश्वमा आदिवासी जनजातिहरुको जल, जमीन, जंगल, जडीबुटी आदिमा अग्राधिकार रहने व्यवस्था रहेको छ । स्थानीय जनतामा यसको ज्ञान छ पनि । तथापि हामीहरुले सचेततापूर्वक गाउँभित्र र गाउँ बाहिरकाट गरिने चलखेललाई चिर्न र स्थानीय जनतामा छरिएका भ्रम साफ पार्न अन्तरक्रिया, भेटघाट र छलफल चलाइरहेका छौं ।

हामीले स्थानीय जनताले पाउने सेवासुविधा, लगानीमा हुनसक्ने शेयर, विद्युत आयोजना निर्माण गर्दा प्रयोग हुने स्थानीय जनश्रम, त्यसपछि यसको सुरक्षा र सम्वद्र्धनमा सहभागिता, स्थानीय प्रविधि र विज्ञहरुको सहभागिता तथा अन्य थप आवश्यक सरसहयोगका बारेमा कुरा पनि गरिरहेका छौं ।

अहिले सम्मको जानकारीमा आएअनुसार बाग्लुङवासीलाई १० प्रतिशत शेयर वितरण गरिने पनि भनिएको छ । त्यस अतिरिक्त देशभरका जनताका शेयरका लागि २० प्रतिशत दिने पनि भनिएको छ । दलित तथा जनजातिलगायतका विपन्न वर्गका जनतालाई त्यसमा अग्राधिकारको माग रहने छ ।

उत्तरगङ्गा नदीको प्राकृतिक प्रवाह डाइभर्सनले प्रकृतिमा कत्तिको प्रभाव पार्दछ ?

प्राकृतिक प्रवाहमा यसले असर पार्दैन । उत्तर गङ्गामात्र एउटा नदी होइन जो सानी भेरिको मूल होस् । यसका धेरै सहायक नदीहरु छन् ।
अर्को कुरा उत्तरगङ्गामा बनाइने जलाशयबाट पानी नियमित रुपमा प्राकृतिक प्रवाह भएको खोलातिर छाडिने छ । यसमा पानीको अभाव हुने पनि छैन ।

मुख्य कुरा त के हो भने उत्तरगङ्गा एउटा शाखाको रुपमा रहेको सानीभेरीमा जनार्दन शर्माको सानाठूला गरी व्यक्तिगत रुपमा दर्ता भइआएका पाँचवटा जलविद्युत आयोजनाहरु छन् । जनार्दन शर्माको आशय के हो भने उत्तरगङ्गा विद्युत परियोजना कार्यान्वयन गर्दा सानीभेरीमा बनाइएका आफ्ना व्यक्तिगत आयोजनाहरुमा पानीको कमी हुन्छ कि भन्ने हो । त्यसैलाई समातेर उहाँले एक प्रकारको बाग्लुङविरोधी अफवाह फैलाउनु भएको छ । यो जनार्दन शर्माले जानाजान गरेको कार्य हो ।

विजुली निकाल्दा पो बाग्लुङमा भयो, निकालिएको विजुली त देशभर पुर्याइएला । यसको लाभ रुकुम रोल्पाले पनि त शेयर गर्न पाउला नि त । यो विद्युत जलाशय वर्षायाममा जम्मा गरेको पानीबाट बनाइने हुँदा सानी भेरी नदीमा पानीको कमी कसरी हुन जान्छ ? त्यहाँ साउन, भदौ, असोज गरी तीन महिनाको पानी जम्मा गरिन्छ ।

सानीभेरीको मुहान एउटै उत्तरगङ्गा मात्र मात्र हो र ?

होइन, सानी भेरीका मुहानहरु प्रशस्तै छन् । चारैतिर छन् । ससानाखेलाहरु मिलेर नै सानी भेरी बनेको छ । बरु उत्तरगंगा जलाशयमा जम्मा गरिएको बढी भएको पानी छोडिदा सानी भेरीमा पानीको प्रवाह बढ्न जाने छ ।

यी कुराहरु प्रस्ट पार्दै हामीहरुले सञ्चारमाध्यमहरुमा पनि ल्याएका छौं । सञ्चार माध्यमहरुमा आएपछि जनार्दन शर्माले खण्डन पनि गर्नु भएको छैन र छलफलका लागि बोलाउनु पनि भएको छैन । हामीले सबैलाई यसबारेमा प्रस्ट पारेका छौं । जनतालाई सचेत पनि बनाइरहेका छौं ।

अरु थप केही कुरा भएमा भनिदिनोस् न ।

यो आयोजनाको बारेमा २०३८ सालदेखि अध्ययन र अनुसन्धान भइरहेको हो । जाइकका नाम गरेको संस्थाले हाइड्रोलोजी, मेट्रोलोजी, जियोफिजिओलोजी आदिको बारेमा अध्ययन गरिसकेको छ । त्यसपछि २०६१ सालमा नेपाल विद्युत प्राधिकरणको नाममा तात्कालिन जलस्रोत मन्त्रालयले यसको दर्ता नम्बर ०६१६२ राखेर अध्ययन अनुसन्धान पनि गरेको छ । विद्युत उर्जा समितिले विद््युत उत्पादनका लागि यसको फिजिबिलिटीको सर्भे पनि गरेको छ ।

यसलाई नेपाल विद्युत प्राधिकरणलाई बुझाइएको छैन । तात्कालिन उर्जा मन्त्रालय र विद्युत विकासले यसलाई लुकाएर राखेको छ । लुकाएर राखे पनि सो लाइसेन्स स्थानीय जनताको दबाबमा सरकारले दिएको छ र त्यसलाई सार्वजनिक पनि गरिएको छ ।
हाल उक्त क्षेत्रमा रहेको माटो परीक्षण यन्त्र जनार्दन शर्माको ठाडो आदेशमा काठमाडौं फिर्ता गरिएको छ । उहाँको कुरा सञ्चार माध्यमले पनि सार्वजनिक गरिसकेको छ ।

२०७० सालमा तात्कालिन सरकारले यसलाई छिटो सम्पन्न गर्ने गरी अनुसन्धान गर भनी तोक आदेश पनि दिइसकेको छ ।

(निलबहादुर पुन उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाको स्थानीय सरोकार समाजका सल्लाहकार हुन् ।)