पोर्चुगल विरुद्धकाे खेलमा घाइते बनेका कभानी फ्रान्सविरुद्धको खेलमा खेल्लान त ?

पोर्चुगल विरुद्धकाे खेलमा घाइते बनेका कभानी फ्रान्सविरुद्धको खेलमा खेल्लान त ?

काठमाडौं, असार २१ । नकआउट चरणको खेलमा पोर्चुगलविरुद्ध खेल्दा चोटग्रस्त बनेका कभानी क्वार्टरफाइनलमा फ्रान्स विरुद्ध खेल्ने वा नखेल्ने निश्चित भएको छैन । तर उरुग्वे फुटबल संघले भने कभानीको चोट सामान्य भएको जनाएको छ । यो भनाईलाई हेर्दा कभानी फ्रान्स विरुद्धको खेलमा खेल्ने संकेत देखिन्छ ।

ह्यामस्ट्रिङमा चोट लाग्नुअघि दुई गोल गर्दै कभानीले उरुग्वेलाई क्वार्टरफाइनलको यात्रा तय गराएका उनी चाेटका कारण ७४औं मिनेटमा बेन्चमा फर्किन बाध्य भएका थिए ।

मंगलबार भएको उरुग्वेको अभ्यास सत्रमा उनी एक्लै आराम गरिरहेका थिए । तर उनको मांसपिण्ड सामान्य सुन्निएको मात्र भएको भन्ने उल्लेख गरिएको छ । उरुग्वेले २०१४ को विश्वकपमा प्रि–क्वार्टरफाइनलबाट बाहिरिएको थियो भने सन् २०१० मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

उरुग्वे फुटबल टिममा कभानी सबैभन्दा धेरै विश्वकपको खेल खेल्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । टिमका गोलकिपर फर्नान्डो मुस्लेराले एक खेल बढी खेलेका छन् । भोलि हुने फ्रान्सविरुद्धको खेल निज्नी नोभ्गोरोड मैदानमा नेपाली समय अनुसार पौने आठ बजे हुनेछ ।