कोलम्बियालाई टाइबे्रकरमा हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

कोलम्बियालाई टाइबे्रकरमा हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

काठमाडौं, असार २० । जारी विश्वकप फुटबलको नकआउट चरणको अन्तिम खेलमा इंग्ल्याण्डले कोलम्बियालाई टाइबे्रकरमा ४–३ले हराउँदै आफ्नो क्वार्टरफाइनलको यात्रा सुरक्षित ग¥यो ।

कोलम्बियाको खेलाडी कार्लोस बाकाले गरेको प्रहार इंग्ल्याण्डको गोलकिपर जोर्डन पिकफोर्डले बचाए भने मेटस उरिबेको प्रहार क्रसबारमा लागेर फर्कियो । इंग्ल्याण्डका जोर्डन हेण्डरसनको प्रहारलाई भने कोलम्बियाका गोलकिपर डेविड ओस्पिनाले राम्रो बचाउ गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा इंग्ल्याण्डका कप्तान ह्यारी केनलाई डीएरियाभित्र लडाएपछि ५७ औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टी गोलमार्फत आफ्नो अग्रता कायम ग¥यो । यो सँगै उनले गोल्डेन बुटको दौडमा ६ गोल पु¥याएर आफूलाई सबैभन्दा अघि समेत बनाए ।

लगभग जीतको नजिक पुगिसकेको इंग्ल्याण्ड इन्जुरी टाइम केही सम्हालिन नसक्दा कोलम्बियाका डिफेन्डर यारी मिनाले ९३ औं मिनेटमा हेड मार्फत गोल गरेर थप ३० मिनेटको खेल लम्भायो र खेल पेनाल्टी सुटआउटसम्म पुग्यो ।

त्यसपछि थपिएको आधाघण्टा समयमा दुबै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटबाट इंग्ल्याण्डले कोलम्बियालाई ४–३ ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश ग¥यो ।

क्वार्टरफाइनमा कस्ले कस्काे सामना गर्ने ?
२२ गते शुक्रबार बेलुका ७ः४५मा उरुग्वे vs फ्रान्स, राति ११ः४५मा ब्राजिल vs बेल्जियम
२३ गते शनिबार बेलुका ७ः४५मा स्वीडेन vs इंग्ल्याण्ड, राति ११ः४५मा रसिया vs क्रोएसिया