बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुग्यो, २ जना वेपत्ता

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुग्यो, २ जना वेपत्ता

काठमाडौं । आइतबार रातीदेखि परेको वर्षाका कारण बाढी र पहिरोबाट तीन दिनमा २२ जनाको मृत्यु भएको छ भने २ जना अझै वेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । बाढी र पहिरोबाट अहिलेसम्म ८ जना गम्भिर घाइते भएका छन् ।

गृह मन्त्रालायका अनुसार बाढीका कारण पहाड र तराई क्षेत्रका १५ जिल्ला प्रभावित भएका छन् । बाढी र पहिरोका कारण मंगलबार वेलुकासम्म वाँकेमा ४ जना, रोल्पा ३ जना, सिन्धुली, पर्सा, सर्लाही जिल्लामा २÷२ जनाको मृत्यु भएको छ । यस्तै कैलाली, चितवन, काठमाडौं, तनहुँ, उदयपुर, सिराह, दाङ र महोत्तरीमा १÷१ जनाको मृत्यु भएको छ । यस्तै सर्लाही र तनहुँमा १÷१ जना वेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाको मंगलबार वेलुका ६ बजेसम्मको तथ्याङक अनुसार सबैभन्दा धेरै वर्षा सिमरा र पोखरामा ७६÷७६ मिलिमिटर वर्षा भएको छ । यस्तै भैरहवामा ६५मिमि, नेपालगञ्ज ५८ मिमि, दाङ ५६ मिमि, धनगढी ५२मिमि, विराटनगर ५१मिमि वर्षा भएको छ । यस्तै काठमाडौंमा ३३मिमि, ताप्लेजुङ २७ मिमि , धनकुटा २४मिमि, ओखलढुङ २२ मिमि, सुर्खेत २१ मिमि, दिपायल २० मिमि र डढेलधुरामा १४ मिमि वर्षा भएको छ । इनयाँ पत्रिका डटकममा समाचार छ ।