मस्कोमा युद्ध सङ्ग्रहालय अवलोकन गर्दाको त्यो अविस्मरणीय क्षण

मस्कोमा युद्ध सङ्ग्रहालय अवलोकन गर्दाको त्यो अविस्मरणीय क्षण

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

महान् लेनिनको नेतृत्वमा महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गरिएको देश रुस लेनिनवादका सबल कार्यान्वयनकर्ता र हिटलरी फासीवादलाई धुलो चटाएर तत्कालिन सोभियत सङ्घलाई जोगाउन सफल विश्व चर्चित क्रान्तिकारी योद्धा स्टालिनले पुनर्निर्माण गरेको देश रुसमा पाइला टेकिसकेपछि पहिलो नम्बरमा लेनिन र स्टालिन एवम् क्रान्तिकारी रुसी जनताले निर्माण गरेका विरासत हेर्न हामी धेरै आतुर थियौं । लेनिन–स्टालिनका विरासतहरुलाई त पहिलो नम्बरमा हेर्न र अध्ययन गर्न हामी निकै आतुर थियौं । हामीसँग नेपाली टोली १५ जनाको र ब्राजिल, बेल्जियम, नेदरल्याण्ड र कोरिया कमरेडहरु गरी ४० जनाको संयुक्त टोली थियो ।

हाम्रो नेपाली टोलीमध्ये मलगायत ७ जना कमरेडहरु होस्टेलमा बस्दै आएका थियौं । अन्य ८ जना साथीहरु अर्कै होटेलमा बस्नु भएको थियो भने युरोपियन टोली अर्कै होटेलमा बसेको थियो ।

यो सन् २०१७ नोवेम्बर ३ तारिखको दिनको कुरा हो । हामी रुसको मस्कोस्थित प्रेमोमायास्काया शहरमा बसेका थियौं । रुसमा पाइलो टेकिसकेपछि वैज्ञानिक साम्यवादका सिद्धान्तकार एवम् सर्वहारावर्गका असल गुरु कार्ल माक्र्सको शान्तिको अवलोकन गर्ने, विशाल रेडस्क्वायर मैदानको अवलोकन गर्ने कार्य र अत्यन्तै मनमोहक तथा ऐतिहासिक जर्जिया पार्कको अवलोकन त गरिसकेका थियौं । तर, लेनिन–स्टालिनका विरासतहरु र अन्य महत्वपूर्ण र विषयको अध्ययन अवलोकन गर्न हामी ज्यादै आत्तिएका थियौं ।

बिहान ९.० बजेतिरको कुरा हो, गाइड र रुसी कमरेडहरु एलेक्सी र आन्तोनले हाम्रो टोलीलाई अर्को नेपाली टोली बस्ने होटेलमा पु¥याउनु भयो । त्यहाँ पहिले नै रुसी क्रान्तिकारी कम्युनिष्ट नेता जो अग्लो कद, गोरो छाला, हिउसँग सामना गर्न सक्ने बाक्लो ब्रानीकोट पहिरिएको र लेनिनले झै खैरो रंगको छालाको झोला भिरेका कमरेड दिमित्री कोन्चेन्को र महिला योद्धा तारिसासमेत् त्यस होटेलमा पहिले नै आइसक्नु भएको रहेछ । उहाँहरु अन्यत्र बस्नु हुन्थ्यो ।

एक क्षणपश्चात् युरोपियन टोली पनि त्यही होटेलमा आइपुग्यो । होटल बाहिर आँगन र रोडतिर सेतेम्यै हिउँ जमिरहेको थियो । हात मुख कठ्याङ्ग्रिने चिसो थियो । होटेलको अगाडि हामीलाई यात्रा गराउने गाडी तयारी अवस्थामा देखिन्थ्यो ।

म होटेलको लबीमा पुग्ने बित्तिकै कमरेड दिमित्री उठेर आउनुभयो र मसँग गरमजोशका साथ हात मिल्याउनु भयो र मतिर हेर्दै भन्नुभयो, “ज्याकेट लगाएर आउनु होस्, यो सुटले त जाडोमा मरिन्छ नि” मैले उनियाँको कोट, रातो स्वेटर उनियाँकै कमिज र कालो पेन्टसँग कालो सुटमा थिए । यो देखेर कमरेड दिमित्रीले सत्य बोल्दै हुनु हुन्थ्यो, किनकि सामान्य सुट लगाएर रुसको जाडो झनै मस्कोमा भएको हिमपात र जाडो धान्न त गाह्रो थियो नै । तर मैले भित्रपट्टी इण्डियन बाक्लो ? थर्मोकोट लगाएको थिए, त्यसले गर्दा जाडो पचाउन सक्थे । यो कुरा मैले कमरेड दिमित्रीलाई सुझाए । त्यसपछि दिमित्रीले ‘ओके’ भन्नु भयो । मलाई जाडोले जित्न सकेको थिएन पनि ।

त्यसपछि हामी त्यहाँबाट अगाडि बढ्यौं र गाडीमा चढ्यौं । मेट्रो रेलवे स्टेशनसम्म त्यही गाडीले पु¥याइ दियो ।

रेलवे स्टेशनमा प्रवेश गर्नका लागि हामीलाई टिकटको रुपमा कार्ड उपलब्ध गराइएको थियो । त्यही कार्डले मेसिनमा छोएपछि गेट पास हुन्थ्यो । त्यसैगरी गेट प्रवेश ग¥यौं । करीब २०० मिटर तल भूमिगत मेट्रो रेल आउने भएकाले लिफ्टद्वारा तल झ¥यौं । दायाँ र बायाँतिरबाट मेट्रो रेलहरु आइरहेका थिए, गइरहेका थिए । एउटा रेल जम्मा १ मिनेट मात्र त्यहाँ रोकिने रहेछ । त्यो समय भित्र यात्रुहरु ओर्लिन र चढ्ने गरि सक्नु पथ्र्यो ।

त्यहाँ चारैतिरका भित्ताहरुमा माक्र्स, लेनिन, स्टालिनका फोटोहरु रङ्गीनमा कुदिएका थिए, गोर्की पुगिकन आदि कवि, साहित्यकारहरुका फोटाहरु पनि सजिएका थिए । जताततै कम्युनिष्ट पार्टीका झण्डाहरु सिमेन्टमै कुँदिएर भित्तामा टाँगेर राखिएका थिए । ती फोटाहरुका बारेमा र त्यहाँको अन्य विषयका बारेमा कमरेड दिमित्रीले रसियन भाषामा भन्दै जानु हुन्थ्यो भने बेल्जियमका कमरेडले अंग्रेजी भाषामा हामीलाई बुझाउँदै अगाडि बढ्नु हुन्थ्यो । बोल्दा सानो सानो माइक शरीरमै जडान गर्नुभएको थियो । आँखा चिम्लेर बोल्ने उहाँको बानी थियो । ती कुराहरु सुन्दै हामीहरु अगाडि बढ्यौं । रेलमा चढ्ने बेला भयो । दिमित्रीले सङ्केत गर्नु भयो । मेट्रो रेल आइपुग्यो । डिब्बाहरु खुल्न थाले । हतारमा यात्रुहरु ओर्लिए । हामी पनि छिटछिटो रेलको डिब्बाभित्र पस्यौं । रुसी जनताका साथ कतै उभिएर त कतै कुर्सीमा बसेर यात्रा पार ग¥यौं । ज्यादै रमणीय यात्रा थियो त्यो ।

रुसी यात्रुहरु रेलभित्र हल्ला कत्ति पनि गरेका हुँदैन थिए । धेरै जसोले केहीले किताब खोलेर त कोहीले ट्याब्लेट र मोबाइल खोलेर सिङ्गै किताब खोलेर पढिरहेका देखिन्थ्यो । वातावरण शान्त हुन्थ्यो । बरु हाम्रो नेपाली टोलीले पो हल्ला गरिरहेको हुन्थ्यो रेलभित्र पनि । नेपाली स्वभाव त्यहाँ पनि राम्ररी झल्किन्थ्यो ।

मेट्रो रेलबाट ओर्लि सकेपछि दुई तलामाथि लिफ्टबाट चढ्यौं र बाहिर निस्क्यिौं । सडकमा गइसकेपछि दायाँपट्टीको भागबाट अगाडि कमरेड दिमित्री लाग्नु भयो । हाम्रो टोली अगाडि बढ्यो ।

त्यसदिन सर्वप्रथम हामीलाई मस्कोस्थित युद्ध सङ्ग्रहालयमा लगियो । सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धको समयमा जर्मनको हिटलरी नाजीवादीहरुले रुसमाथि भीषण आक्रमण गरेको थियो । जर्मन साम्राज्यवादका विरुद्ध स्टालिनको नेतृत्वमा रुसी सेनाले बहादुरीपूर्ण राष्ट्रिय युद्ध लडेर जर्मन सेनालाई खरानी पारेर रुसी भूमिबाट लखेटेर विजय प्राप्त गरेको थियो । शानदार रुपमा विजय प्राप्त गरेको थियो ।

हिटलरी सेनाका विरुद्ध लड्दा खेरी निर्माण गरिएका अत्याधुनिक हात हतियारहरु, गोला बारुद्ध र मिसाइलहरुको ठूलो भण्डारण गरिएको रहेछ र त्यसलाई एउटा खुला म्युजियमका रुपमा व्यवस्थित रुपले राखिएको रहेछ । अन गर्न मात्र बाँकी राखिएका र युद्धमा शत्रुसित लड्न तयारी अवस्थामा राखिएका जस्ता देखिने ती सबै हतियारहरुको गहन ढङ्गले अध्ययन अवलोकन गर्ने काम गरियो । र त्यस ऐतिहासिक क्षणका अवस्मिरणीय तस्वीरहरु पनि खिच्ने काम गरियो । किनभने, यो अत्यन्तै ठूलो अवसर थियो ।

हामीहरु महान् अक्टुबर क्रान्तिले १०० वर्ष पूरा गरेको अवसरमा रुसकै ऐतिहासिक सहर लेनिनग्रादमा आयोजना हुने अक्टुबर क्रान्ति सत् वार्षिकी उत्सवमा भाग लिन जादै थियो । त्यही महत्वपूर्ण र ऐतिहासिक कार्यक्रममा भाग लिन पाउनु र सहभागी हुन पाउनु भनेको मेरो जीवनको लागि ज्यादै गौरवको विषय थियो । यो युद्ध सङग्रहालय पनि कम महत्व र ऐतिहासिक थिएन । लेनिनग्राद जाने क्रममा ४ दिन जति राजधानी मस्कोमा बसेर त्यहाँका लेनिन स्टालिनका योगदान र विरासतले भरिएका ठाउँ, म्युजियम अन्य महत्वपूर्ण कुराहरुको अवलोकन भ्रमण गराउने आयोजक कमरेडहरुको योजना रहेछ, त्यही योजना मुताविक हामीलाई ती स्थानहरुमा पु¥याउने र अत्यन्तै व्यवस्थित ढङ्गले अध्ययन अवलोकन गर्ने र गराउने कार्य भइरहेको थियो ।

हाम्रो टोली र म स्वयम्ले त्यस ऐतिहासिक युद्ध सङ्ग्रहालयको निकै महत्व दिएर अवलोकन भ्रमण गरियो । अरु धेरै हेर्न चाहँदाचाहँदै पनि समयका अभावले गर्दा त्यस ठाउँबाट हामीहरु बाहिरिन बाध्य भयौं । स्मरणमा सबै दृश्यहरु कैद गर्दै कमरेड दिमित्रीको नेतृत्वमा अगाडि बढ्यौं ।