काठमाडौं, असार १७ । जारी विश्वकप फुटबलको गएराति भएको खेलमा दुई महान फुलबल हस्तीको टिमले अन्तिम १६बाटै आफ्नो विश्वकप यात्रा टुङ्गाउनु परेको छ । लियोनल मेस्सीको अन्र्जेटिना फ्रान्ससँग ४–३ हार्दा उता क्रिष्टियानो रोनाल्डोको टिमले उरुग्वेसँग २–१को हार व्यहो¥यो । यो सँगै दुबै टिमको क्वाटरफाइनलमा पुग्ने सपनामा फुलस्टप लाग्यो ।
फ्रान्स र अर्जेन्टिना
नकआउट चरणमा पहिलो खेल फ्रान्स र अर्जेन्टिनाको भई रहँदा सबैको ध्यान भने लियोनल मेस्सीको तर्फनै थियो तर फ्रान्सको १९ वर्षीय युवा खेलाडी क्यालियन मबाप्पेले २ गोल गर्दै विश्वकपमा आफ्नो जादुमयी छाप छोड्न सफल भयो ।
मबाप्पेले फ्रान्स २–२ को बराबरीमा रहेका बेला चार मिनेटको अन्तरमा एकपछि अर्को गोल गर्दै फ्रान्सलाई विश्वकपको क्वार्टरफाइनलमा पुर्याए । उनी विश्वकपमा पेलेपछि सबैभन्दा कम उमेरमा एक खेलमा दुई गोल गर्ने खेलाडी पनि बनेका छन् ।
फ्रान्सका लागि क्यालियन मबाप्पेले २ तथा बेन्जामिन पाभार्ड र एन्टिनियो ग्रिजम्यानले १–१ गोल गरेका हुन् । अर्जेन्टिनाको तर्फबाट भने एन्जिल डी मारिया र ग्याब्रियल मार्काडो र सर्जियो अग्युरोले १–१ गोल गरे । यो सँगै अघिल्लो विश्वकपको उपविजेता अर्जेन्टिना रुसको विश्वकपबाट भने बाहिरियो ।
पोर्चुगल र उरुग्वे
अन्तिम १६ को खेलमा उरुग्वेसँग २–१ गोलअन्तरले पराजित हुँदै पोर्चुगल पनि रुस विश्वकपबाट बाहिरिएको छ । योसँगै विश्वकपबाट फुटबलका दुई महान खेलाडीहरु लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकै दिन आउट भएका छन् ।
उरुग्वेलाई क्वार्टरफाइनलमा पुर्याउन इडिसन काभानीले २ गोल गरे । पोर्चुगलकाका पेपेले एक गोल फर्काएका थिए । जितसँगै उरुग्वेले क्वार्टरफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको छ ।
खेल सुरु भएको ८ औं मिनेटमानै काभानीले हेड गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाए । मैदानको मध्यभागमा बल अघि बढाई रहेका काभानीले मैदानको तिर रहेका सुआरेजलाई लामो पास दिएका थिए । लगत्तै मध्यभागबाट दौड्दै काभानी डी बक्समा आइपुगे । जहाँ उनलाई सुआरेजले लामो पास दिए र त्यसमा हेडर गर्दै काभानीले त्यसलाई गोलमा परिणत गरिदिए ।
५५ औं मिनेटमा डिफेन्डर पेपेले पोर्चुगलका लागि बराबरी गोल फर्काएका थिए । कर्नरबाट आएको बलमा हेडर गर्दै पेपेले बराबरी गोल फर्काएका थिए ।
तर, फेरि काभानीले ६२ औं मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई २–० को जितसहित क्वार्टरफाइनलमा पुर्याए । यो सँगै अब क्वाटरफाइनलको खेलमा फ्रान्स र उरुग्वे भिड्ने छ ।