मूल्यवृद्धिका विरुद्ध तीन कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता यसरी उत्रिए सडकमा (फोटोफिचर)

मूल्यवृद्धिका विरुद्ध तीन कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता यसरी उत्रिए सडकमा (फोटोफिचर)

काठमाडौं, जेठ ३१ । आफूलाई वाम तथा कम्युनिष्ट बताउने ओली सरकारले पटक पटक गरेको पेट्रोलियम पदार्थको वृद्धिसँगै दैनिक उपभोग्य खाद्यवस्तुको अस्वभाविक रुपमा मूल्यवृद्धि भएपछि ओली सरकारका विरुद्ध तीन कम्युनिष्ट पार्टी सडकमा उत्रिएका छन् । पूर्व घोषित कार्यक्रम अनुसार मोहन वैद्य‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), विप्लव र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु बिहीबार मूल्यवृद्धिका विरुद्ध चर्का नाराबाजीसहित सडकमा उत्रिए ।

मूल्यवृद्धि फिर्ता गर, राष्ट्रघाती सन्धि सम्झौता खारेज गर, दलाल तथा नोकरशाही सरकार मूर्दावाद, भारतीय विस्तारवाद मूर्दावाद, झुठा मुद्दा खारेज गर जस्ता नारासहित तीनवटै पार्टीका नेता कार्यकर्ताहरुले रत्नपार्कको शान्तिबाटिकाबाट निकालेको विरोध ¥याली बागबजार, पुतलीसडक, पद्मोदय मोड, प्रदर्शनीमार्ग, भृकुटीमण्डप, सुन्धरा, वीर अस्पताल हुँदै शान्तिबाटिकामा पुगेर विरोधसभामा परिणत भएको थियो ।

विरोधसभालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेल, नेकपा विप्लवकी नेतृ उमा भुजेल, नेकपा (ऋषि कट्टेल)का उपाध्यक्ष लोकनारायण सुवेदी र नेकपाका केस रत्न जोशीले सम्बोधन गरेका थिए । विरोध सभाको सञ्चालन अनेमसंघ (क्रान्तिकारी) की केन्द्रीय सचिव शारदा महतले सञ्चालन गरेकी थिइन् ।

फोटोः जय दाहाल/प्रकास भण्डारी