विश्वका टप १० ब्राण्डमा दुई चिनियाँ कम्पनीको उदय र फड्को

विश्वका टप १० ब्राण्डमा दुई चिनियाँ कम्पनीको उदय र फड्को

एजेन्सी । यस वर्ष विश्वका सबैभन्दा मूल्यवान ब्राण्डहरुको सूचीको शीर्ष १०मा दुई चिनियाँ ब्राण्ड परेका छन् । उक्त सार्वजनिक सूचीको शीर्ष १० मा यस वर्ष चिनियाँ कम्पनी अलिबाबाले आफुलाई शक्तिशाली बनाउँदै पहिलो पटक शीर्ष १०मा पर्न सफल भएको छ भने सूचीको शीर्ष १० मा गत साल पहिलो पटक प्रवेश गरेको चिनियाँ ब्राण्ड टेन्सेन्ट यस पटक पाँचौँ स्थानमा फड्को मारेको छ ।

सूचीको पहिलो नम्बरमा गुगल रहेको छ । गत १२ वर्षमा ८ पटक गुगल सबैभन्दा मूल्यवान ब्राण्डका रुपमा स्थापित छ । त्यस्तै क्रमशः एप्पल, अमेजन, माइक्रोसफ्ट रहेका छन् । त्यसपछि फेसबुक, भिसा, म्याडोनाल्ड, अलिबाबा र एटी एन्ड टी रहेका छन् ।

ब्राण्ड सचेत चिनियाँ युवा उपभोक्ताको उदयका कारण चिनियाँ ब्राण्ड सबैभन्दा मूल्यवान् ब्राण्डको रुपमा स्थापित हुने पुगेको विश्लेषण गरिएको छ ।