च्याम्पियन्स लिगको उपाधिमा रियलले ग¥यो हृयाट्रिक, लिभरपुल ३–१ले पराजित

प्रकाशित मिति : २०७५ जेष्ठ १३

काठमाडौं, जेठ १३ । च्याम्पियन्स लिगमा आफ्नो राम्रो पकड राख्दै रियल मड्रिडले यो सिजनको उपाधि पनि आफ्नो पोल्टोमा पारेको छ । ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधिमा हृयाट्रिक गरेको छ ।

यो उसको १३ औं तथा पछिल्लो पाँच सिजनमा चौथो उपाधि पनि हो । शनिबार राति भएको खेलमा लिभरपुललाई ३–१ ले हराउँदै मड्रिड लगातार तेस्रो पटक युरोपियन च्याम्पियन बन्यो ।

किभमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका बेलको प्रदर्शन म्याच विनिङ रहृयो । उनका दुई मध्ये ओभर हेड किकमार्फत गरेको गोल त युरोपियन फुटबलका उत्कृष्ट मध्ये एक मानिएको छ ।
सलाहले झारेको आँसु
लिभरपुलको युरोपियन उपाधि सपनाका प्रमुख हतियार थिए मोहम्मद सलाह । सलाह, माने र फिर्मिनोको प्रदर्शनका कारण सुरुवातमा लिभरपुल केही दबावमा देखिएको पनि थियो । तर, चोटका कारण खेलको ३० औं मिनेटमा नै उनले रुँदै मैदान छाड्नु र्पयो । यो लिभरपुलका समर्थकका लागि पनि च्याम्पियन्स लिगको उपाधिको सपनामा धक्का थियो ।

यद्यपि पहिलो हाफ गोलरहित बराबरीमा सकियो । खेलको ५१ औं मिनेटमा करिम बेन्जिमाले रियललाई अग्रता दिलाए तर, चार मिनेटपछि नै मानेले अप्रत्यासित रूपमा बराबरी गोल फर्काएका थिए ।

बेलको म्याच विनिङ प्रदर्शन

६१ औं मिनेटमा इस्कोको ठाउँमा मैदान प्रवेश गरेका बेलले उत्कृष्ट प्रदर्शन गरे । उनले तीन मिनेटपछि नै रियललाई अग्रता दिलाए । ओभर हेड किकमार्फत गरेको उनको गोल युरोपियन फुटबलका उत्कृष्ट मध्ये एक मानिएको छ ।खेलको खेलको ८३ औं मिनेटमा लिभरपुलका गोलकिपरक गल्तीमा बेलले दोस्रो गोल गर्दै रियलका लागि उपाधि पक्का गरे ।

बेल म्यान अफ दि म्याच 

खेलमा लिभरपुलका गोलरक्षक लोरिसको प्रदर्शन विर्सनलायक रहृयो । बेन्जिमा र बेलको दोस्रो गोल उनकै गल्तीका कारण भएको थियो ।