धनगढी, जेठ १३ । कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानेर ९ लाख रुपैयाँ लुटपाट भएको छ । धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्की आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा अज्ञात समूहले उनी माथि गोली प्रहार गरी रकम लुटेर भागेको हो ।
कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई जना अज्ञात ब्यक्तिले पुरानो भन्सार रोडमा कार्कीलाई गोली प्रहार गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।