उत्कृष्ट युवा खेलाडी बने सन्दिप

उत्कृष्ट युवा खेलाडी बने सन्दिप

काठमाडौं, जेठ ३ । पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै क्रिकेटर सन्दिप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी बन्दै अवार्ड आफ्नो नाममा पारेका छन् ।

उनीसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका थिए । सन्दिप अहिले आईपीएल खेल्न दिल्लीमा छन् ।