२७ स्थानीय तहमा पुग्यो एनआईसी एशिया

प्रकाशित मिति : २०७५ जेष्ठ ३

काठमाडौं, जेठ ३ । नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म एनआईसी एसिया बैंकलाई थप ३४ स्थानिय तहमा बैंक शाखा संचालन गर्न दिएको निर्देशन अनुसार एनआईसीले हालसम्म २७ स्थानिय तहमा शाखा विस्तार गरिसकेको छ ।

राज्यको पुर्नसंरचनासँगै सम्पुर्ण स्थानीय निकायहरुमा वाणिज्य बैंकको शाखा सञ्जाल मार्फत उपस्थिति सुनिश्चित गर्ने नेपाल सरकारको नीति बमोजिम नेपाल राष्ट्र बैंकसँग को प्रतिवद्धता अनुसार एनआईसीले शाखा विस्तार गरेको हो ।

दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो पहुँच अभिबृद्धि गर्दै सम्पुर्ण तह तप्काका सर्वसाधारणको बैंकको रुपमा आफ्नो पहिचान बनाईरहेको यस बैंकले समस्त ग्राहकहरुलाई उच्चस्तरीय सेवा दिंदै आईरहेको छ । बैंकको हालसम्म २ सय १० वटा शाखा कार्यालय, २सय ३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर, ६ वटा शाखारहित बैंकिङ्ग एवं ५हजार ५सय भन्दा बढि रेमिटेन्स पे आउट एजेन्ट संचालन गरेको छ ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा यस बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । ग्राहक महानुभावहरुको अपार स्नेह, विश्वास तथा भरोसाका कारण यस बंैकले करीब १ खर्ब ३५ अर्ब निक्षेप संकलन गरी करीब १ खर्व १० अर्ब कर्जा प्रवाह गरिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।