अपडेटः मकालु एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा हुम्लामा भेटियो

अपडेटः मकालु एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा हुम्लामा भेटियो

फाइल फाेटाे

सुर्खेत, जेठ २ । मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा विभान भेटिएको हो ।

सुर्खेतका प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार दुर्घटनास्थलमा एक जनाको शव भेटिएको पनि जानकारी गराउनु भयो ।  नाइन एन ए जे यु कलसाइन रहेको विमानमा चालक किरण भट्टराई, सहचालक आदित्य नेपालीले उडाएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ ।

विमान ११ सय ७० किलो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो । विमान यसअघि बाजुरमा भेटिएको अपुष्ट खबर आएको थियो ।