प्रगतिशील गीत सङ्गीत बारे एक छलफल

प्रगतिशील गीत सङ्गीत बारे एक छलफल

आजको कार्यक्रमका बारेमा धेरै नभएर केही कुराहरू राख्न जरुरी छ । सर्वप्रथम इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा आज जुन कार्यक्रम राखियो गीत सङ्गीतको समीक्षाका बारेमा, साथसाथै प्रतिष्ठानबाट प्रकाशित गरिएको ‘लक्ष्यको शिखर’ सि.डि.को सार्वजनिकिकरणको कार्यक्रम पनि राखियो यो धेरै महत्वको रहेको छ । यसको निम्ति म आयोजक साथीहरूलाई विशेष धन्यावाद दिन चाहन्छु ।

‘लक्ष्यको शिखर’ भन्ने जुन गीति रचना छ, यसको गीतकार, सङ्गीतकार र स्वर दिने कलाकारहरू, एरेञ्जर (सङ्गीत संयोजक)हरू सबैसबैलाई म धन्यावाद दिन चाहन्छु । यो महत्वपूर्ण कृति हो । र यो नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादको निर्माणमा उदात्त आदर्श प्राप्तीको खातिर गीत सङ्गीतको निर्माणमा सङ्घर्षको एउटा महान् अभियानको सिडि हो । खास गरी महान् जनयुद्धको प्रकृयामा यस्ता गीत सङ्गीतहरूको रचना गर्ने र जनयुद्धद्वारा उद्घाटित नयाँ यथार्थलाई कलाका माध्यमबाट गीत सङ्गीतमा सांस्कृतिक फाँटका, सङ्गीत क्षेत्रका साथीहरूले मिहिनेत गर्नु भयो, त्याग गर्नुभयो त्यसलाई यहाँ संरक्षण र संयोजन गर्ने काम भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानसँग जोडिएको आदर्श र वलिदानमा पनि यो सम्बन्धित छ । यसर्थमा गीतका सम्पूर्ण स्रष्टा साथीहरू, यसलाई सङ्गीत र स्वर दिने कलाकारहरू, गीतहरूको रचना गर्ने सबै साथीहरू प्रति म हार्दिक अभिवादन गर्न चाहन्छु ।

गीत सङ्गीतको बारेमा यसको सौन्दर्यका बारेमा म केही कुरा राख्न चाहन्छु । यो गीत सङ्गीतको सौन्दर्य विवेचना गर्ने क्रममा हाम्रो असाध्य खड्किएको विषय छ । नेपालमा प्रगतिवादको यस क्षेत्रको समस्या हो । गीत सङ्गीतको दिशानिर्देश गर्ने कुरामा हाम्रो कमि रहेको छ । यस क्षेत्रको प्रतिध्रुवीय धारामा पनि केही समस्याहरू होलान् । यस क्षेत्रमा मलाई रामशरण दर्नालको नाम याद आउँछ । उहाँको गीत सङ्गीतको सौन्दर्यशास्त्र सम्मवन्धी दुईवटा लेख मैले पढेको छु । ती लेखहरू महत्वपूर्ण छन् । अरू पनि कतिपय साथीहरूले लेखेका छन् ।
गीत सङ्गीतको बारे लेख्नेमा थोरै ऋषिराज बरालजीको पनि छ । समस्या के प¥यो भने सङ्गीत भित्रैको कुरा नबुझिकन सङ्गीतको बारेमा निर्देशन दिन बडो आपत पर्छ । गीत सङ्गीतको मर्म बुझेर समीक्षा गर्दा त्यो ठिक हुन्छ । अलिअलि लेख्न सकिन्छ । त्यसलाई राम्रै तरिकाले चिरफार गर्न धेरै गाह«ो पर्छ । निनुजीले पनि अर्नेस्टो फिसरका लेख अनुवाद गर्नु भएको छ । त्यो पनि महत्वपूर्ण रचना हो । त्यसैगरी ईश्वरचन्द्र ज्ञवालीका पनि एकदुई वटा अनुवाद छन् । यो क्षेत्रमा प्रयास भएको छ । तर पुरा छैन ।

यसमा दुईवटा कुरा छन् । एउटा, सङ्गीत साधक र सङ्गीत स्रष्टाहरूले त्यो विषयमा कत्तिको ध्यान दिनुहुन्छ भन्ने कुरा हो । अर्को गीत बनाएर गाएर मात्रै हुँदैन । यसका बारेमा त सङ्गीतको स्पष्ट निर्देशन हुन जरुरी छ । यस विषयमा हाम्रो प्रगतिवादी क्षेत्रले ध्यान दिन सकेको छैन । यो हाम्रो कमजोरी हो ।

गीत सङ्गीतको सौन्दर्यको विवेचना गर्न गीत सङ्गीतको भित्री मर्मको बारेमा ज्ञान हुनु जरुरी छ । नेपालमा यस बारेमा धेरै अध्ययन र लेखन हुन सकेको छैन । यो धेरै गाह«ो कुरा पनि हो । प्रगतिशील गीत सङ्गीतको मात्रा, ताल र भावको कुरा त गरियो, त्यो भनेको के हो भन्ने कुरामा राम्रो अध्ययन र लेखन हुनु जरुरी छ ।

पञ्चायत कालमा गीत लेख्ने र गाउनेमा पाख्रिनको पनि महत्वपूर्ण योगदान छ । यस क्षेत्रमा रामेश, रायन, रामकृष्ण दुवाल, जेवी टुहुरे, श्याम तमोट आदि थुप्रै थुप्रैको नाम आउँछ । पछिल्लो कालमा मणि थापाले पनि लेख्नुभयो । उहाँहरू सबैले असाध्य मिहिनेत गर्नु भयो यस क्षेत्रमा । जनयुद्धको प्रकृयामा थुप्रै थुप्रै साथीहरूले लेख्नुभयो । यो लेखेको कुरा राम्रो छ । यसको समीक्षा गर्ने कुरा निकै गाह«ो छ ।

यस क्षेत्रमा प्रगतिवादी क्षेत्रका समालोचक र समीक्षकहरूले विशेष जोड दिन जरुरी छ । हाम्रो समीक्षाको शैली प्रभाववादी छ । गीत सुन्यो अनि मन परे ठिक र मन नपरे बेठिक भन्ने चलन छ । यो समीक्षाको तरिका होइन । यसो अरूका गीत सुन्यो कतिपय निकै राम्रा छन् । जब प्रगतिशील गीत सुन्न थाल्यो झन् अल्छी लाग्ने हुन थाले । यी त झन् जनतालाई जुरुक जुरुक उठाउने हुनु पर्छ नि । यहाँ मैले सबैको आलोचना गरेको होइन । अहिलेको ट्रेण्ड आधुनिकतावादबाट प्रभावित हुन थाल्यो । स्वर एकदम तानेको छ, बटारेको छ । त्यस्तो किन गर्नु प¥यो ? गीत गाएको छ गाएको छ तर सुन्दा आनन्द आउँदैन । त्यस्ता भाकाको के काम भयो ? यो नेगेटिभ पाटो हो । यो कमजोरी लेखक कलाकारको भन्दा पनि हामी समीक्षकहरूको हो । हामीले यसबारेमा उपयुक्त समीक्षा गरेर दिशा निर्देश गर्न सकेनौँ ।

अब कुरा आउँछ लोकगीतको । लोकगीत प्रतिको हाम्रो दृष्टिकोण के हो ? यस बारेमा प्रष्टहुन जरुरी छ । लोकगीतलाई असाध्य नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृत्ति पनि छ । लोकगीतलाई यथावत नक्कल गर्ने प्रवृत्ति पनि छ । यो दुबै प्रवृत्ति गलत हो । लोकगीतलाई हुबहु नक्कल गर्ने प्रवृत्ति पनि गलत हो, लोकगीतलाई घृणा गर्ने दृष्टिकोण पनि गलत हो । लोकगीत भन्दा वित्तिकै राम्रा छन् भन्ने कुरा पनि होइन । हो त्यहाँ छाडा, अश्लिलता पनि छन्, तिनलाई हामीले नकारात्मक रूपमा हेर्नु पर्छ । त्यहाँ राम्रा पनि छन् । लोक धुनहरू छन्, लोक सङ्गीतहरू छन् । कतिपय त जीवनवादी छन् । जनभाकाहरू छन् । हो त्यो क्षेत्रमा हामीले ध्यान दिनु प¥यो । यहाँ मौलिकताको कुरा पनि आउँछ । मौलिकताको कुरा गर्दा यहाँ खिसी गर्ने पनि रहेछन् ।

एक पटक मेरो खुसीराम पाख्रिनसँग कुरा पनि भयो । हैन खुसिरामजी तपाइँले यो के लेख्न थाल्नुभयो ? भनेर सोधेँ । राम्रा राम्रा लेख्नुहुन्थ्यो खुसिराम पाख्रिनले । अनि उहाँले यी नयाँ ठिटाहरूले मलाई त हैरान पारे भन्नु भयो । यो बुढोले आधुनिक गीतको रचना गर्न पनि जान्दैन सङ्गीत सिर्जना गर्न पनि जान्दैन भनेर मलाई हैरान पारे त्यही भएर मैले अचेल त आधुनिक गीत लेख्न थालेँ र सङ्गीत पनि त्यस्तै हाल्न थालेँ भनेर भन्नुभयो । त्यस्तो हैरान पार्दा रहेछन् । यो हो प्रभाववाद । त्यसैले गीत सङ्गीतको ट्रयाक के हो यस बारेमा हामीले ध्यान दिनु जरुरी छ ।

गीत सङ्गीतको रचनाका केही नियमहरू छन् । त्यो नियम के हो यस बारेमा हामीले जान्नु जरुरी छ । गीतको लय, ताल, सुर भावको बारेमा पनि हामीले थाहा पाउनु पर्ने हुन्छ । गीतको बोल हुन्छ गाउँछ, त्यो गीत असाध्य बीर रसमा आधारित हुन्छ तर गाउने शैली करुण रसमा आधारित छ । वीर रसको गीत करुण रसमा गाउँदा त्यसको के हालत हुन्छ ? त्यो त रुञ्चे हुन्छ । यस्ता चिजहरू मिलाउने बारेमा हाम्रो मिलेको छैन । जनयुद्धका धेरै गीतहरू त राम्रै छन् । तर धेरै यस बारेमा हामीले राम्रोसँग सोच्न र गाइडलाइन दिन सकेका छैनौँ । कलाकारहरूका बारेमा राम्रोसँग पढेर सुनेर समीक्षा गर्न सकिएन त्यो हाम्रो कमजारी हो । कलाकारहरूमा आधुनिकताबाट प्रभावित हुने प्रवृत्ति छ, त्यो कमजोरी हो । हो, यो हटाउनको निम्ति के गर्ने हो ? यस बारेमा हामी सबैले राम्रोसँग अध्ययन गरौँ बुझौँ ।

सौन्दर्यशास्त्रको बारेमा पनि यहाँ कुरा उठेको छ, त्यसबारेमा पनि म चर्चा गर्छु । गीत सङ्गीतका बारेमा एउटा नियम छ, त्यो हो सङ्गतीको नियम । ल अफ हार्मोनी भन्ने । त्यो सौन्दर्यशास्त्रको नियम हो । त्यो असाध्य महत्वपूर्ण छ । यसले सामञ्जस्य खोज्छ । विभिन्न विरोधीहरूका बीचमा एकत्व खोज्छ यसले । अथवा द्वन्द्ववादको विपरितहरूको एकत्वको नियम खोज्छ भनौँ । विभिन्न स्वरहरू, तालहरू र लयहरूका बीचमा विपरितहरूको एकत्वको माग गर्छ । आरोह अवरोहको एकत्वको माग गर्छ । यो सबै कुरामा अन्तर्वस्तु र रूपको पनि सङ्गती हुनु पर्छ भन्ने एउटा महत्वपूर्ण नियम हो । तर द्वन्द्ववादको नियमको मात्रै कुरा गरेर काम भएन । यसमा साहित्वको बारेमा भन्न सकिन्छ । अब सङ्गीतमा द्वन्द्ववाद कहाँनेर छ भन्न गाह«ो छ । यसबारेमा मेरो खुल्दुली हो । यसमा मेरो आलोचना पनि होइन । यो दिशातिर हामी लाग्नु पर्छ । इच्छुक सांस्कृतिक प्रतिष्ठान र सम्वद्ध सबै साथीहरू यसतर्फ लागौँ । प्रगतिवादी फाँटमा गीत सङ्गीतका बारेमा समीक्षा गर्ने गतिला खालका समीक्षकहरू पैदा हुन सकेनन् । यो हाम्रो समस्या हो । त्यसकारण यस दिशातिर हामी जाउँ । जजस्का जे जति गीतहरू छन् ती कुराहरूलाई हामीले गम्भीरता पुर्वक लिऊँ र अब कसरी जाने हो भन्ने बारेमा सोचौँ । त्यसकारण आज यहाँ सौन्दर्यशास्त्रको कुरा गर्न गाह«ो छ । यसबारेमा दुवाल र मधुसुदनजीले पनि कुरा त राख्नुभयो अब यसबारेमा गतिलो कार्यपत्र तयार गर्नु जरुरी छ । लेखहरू चाहियो । हामीले जे जति जानेका छौँ राम्रो तरिकाले लेखौँ पनि । यो क्षेत्रमा अध्ययनरत साथीहरूलाई प्रोत्साहित पनि गरौँ । हाम्रो राम्रो छ तर अझै मिहिनेत गरौँ । सबैले सबैलाई सघाऊँ । यो मामिलामा इच्छुक सांस्कृतिक प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलोस् भन्ने मेरो अपेक्षा हो ।

अब गीत सङ्गीतको दिशा कतापट्टी जाने हो भन्ने कुरा छ । साहित्यकारको काम पनि कलाकारको काम पनि क्रान्ति हुँदासम्म क्रान्तिको तयारी गर्ने क्रान्तिलाई स्थापित गर्ने हो । यो त हाम्रो दायित्व हो । उहिल्यैबाट हामी मात्रै नभएर अलिअलि प्रगतिशीलहरूले पनि गरेको त्यही हो । सातसालको बेलामा पनि यसले भूमिका खेलेको हो । यता पञ्चायत ढाल्ने बेलामा पनि त्यही हो र जनयुद्धको बेलामा पनि त्यही हो । गीत सङ्गीत र साहित्यले महत्वपूर्ण भूमिका खेलेको कुरा साँचो हो ।

यतिखेर जनयुद्ध पछि आउँदा लोकतान्त्रिक गणतन्त्र आएको छ । अब के गर्ने भन्ने कुरा आयो ? कस्का विरुद्ध गीत लेख्ने ? साथीहरू सरकारमा पुगिहाले । हिजो आन्दोलनकै कुरा गर्ने हो भने जनयुद्धको विरोध गर्ने सरकारमै छन् । झन् प्रधानमन्त्री नै छन् । जनयुद्धको नेतृत्व गर्ने पनि त्यही सरकारमा छन् । भनेपछि अब के गर्ने ? एउटा सानो कुरा गरौँ, धेरै भन्नु पर्दैन । सरकारमा पुगिसकेपछि साथीहरूले के भन्न थाल्नु भयो भने अब हडताल सडताल केही गर्नु पर्दैन । आपूm सत्तामा जानको लागि हडताल चाहियो, आपूm सत्तामा गैसकेपछि हडताल चाहिएन । प्रचण्डजीले क्रान्तिको बारेमा थुप्रो कुरा गर्नुभा’छ । उहाँको एउटा भाषण सुनेँ । उहाँले अब क्रान्ति होइन है सुशासन र स्थीरता चाहियो भन्दै भाषण गर्दै हिँड्नुहुन्छ । अब कस्का विरुद्ध लड्ने भन्ने कुरा भयो ।

हामीले भारतीय विस्तारवादका विरुद्ध लड्दै आइराखेका हौँ । भारतीय प्रधानमन्त्री मोदी आए । हामीले विरोध प्रदर्शन गर्ने तयारी गर्दै थियौँ, हाम्रा साथीहरूलाई देशैभरी धमाधम पकडी राख्या छ सरकारले । किन पकड्नुभयो उहाँहरूले ? विरोध गर्ने अधिकार छ कि छैन ? जनवाद आयो भनेर बडो लोकतान्त्रिक भनेर भन्नुहुन्छ । यही हो लोकतान्त्रिक गणतन्त्र ? विरोध गर्ने अधिकार त जहाँसुकै पनि दिइएको हुन्छ । अनि आपूmलाई कम्युनिस्ट भन्नुहुन्छ । देशभक्त भन्नुहुन्छ आपूmहरूलाई । भएन भनेर वामपन्थी पनि भन्नुहुन्छ । यहि हो वाम ? अब उहाँहरूको विरोध गर्ने कि नगर्ने ? न यो वाम हो, न यो कम्युनिस्ट हो न यो देशभक्त हो । अब हाम्रा गीत सङ्गीत त्यहाँ कन्द्रीत हुनु पर्ने भयो । यसबारेमा हामीले गम्भीरता पूर्वक सोच्न जरुरी छ ।

हामी धेरै छौँ । प्रगतिशील लेखक सङ्घ पनि छ । त्यहाँ हामी पनि छौँ र सरकार पक्षधरहरू पनि हुनुहुन्छ । अब उहाँहरू यही संसदीय व्यवस्थालाई सदृढ बनाएर लैजाने भन्नुहुन्छ । के प्रगतिवादीहरूले त्यही गर्ने हो ? थुप्रै प्रश्नचिन्हहरू उठेका छन् । हामी कम्युनिस्टहरूको साहित्यिक साङ्गीतिक आन्दोलनको धारा भनेको समाजवादी यथार्थवाद हो । समाजवादी यथार्थवाद हो भने यो सत्ता, व्यवस्था र संसदवादलाई जोगाउनेहरू समाजवादी यथार्थवादी हुन्छन् ? यसबारेमा गम्भीर वहस हुन जरुरी छ ।

इच्छुक प्रतिष्ठानले एउटा कार्यक्रम राख्यो । त्यो बेला हामीले छलफल र बहस ग¥यौँ । यो पनि जरुरी छ । सत्ताको कुर्चीमा गएर बस्ने आन्दोलनकारीहरूलाई दमन गर्ने ? कम्युनिस्ट हौँ, देशभक्त हौँ, वाम हौँ भन्ने ? त्यो अधिकार छैन उनीहरूलाई । र, अब हाम्रो लक्ष्य, उद्धेश्य के हो साहित्यिक, साङ्गीतिक फाँटको ? आन्दोलनको दिशा केहो भन्ने बारेमा हामीले राम्रै तरिकाले छलफल र वहस गर्नु पर्ने भयो । यो आवश्यक छ । आन्दोलन जतिसुकै भएपनि एउटा अध्याय सकियो । गणतन्त्र आयो । यो ठिकै छ । धर्म निरपेक्षता, सङ्घीयता, समानुपातिक समावेशिता पनि ठिकै छ । तर समग्रमा यो संविधानले के गरेको छ ? साथीहरूले भन्नुहुन्छ अब समाजवादको कुरा । समाजवाद त भारतको संविधानमा पनि त लेखेको छ । समाजवाद त धेरै किसिमका हुन्छन् । प्रतिक्रियावादी समाजवाद पनि हुन्छ । माक्र्सले त सुधारवादी समाजवाद, प्रतिक्रियावादी समाजवाद भन्नुभएको छ । सबैले पढेकै हौँला । अमुर्त भाषामा समाजवाद भनेर हुँदैन । लोकतन्त्रको चरित्र वर्गीय हुन्छ कि हुँदैन ? काङ्ग्रेसलाई पनि त्यही ठिक, राप्रपालाई पनि त्यही ठिक, एमालेलाई पनि त्यही ठिक र माओवादी भन्नेलाई पनि त्यही ठिक । यस्तो पनि हुन्छ लोकतन्त्र ? हामीले यसको वर्गीय चरित्र हुन्छ भनेर पढ्दै र लड्दै आएको होइन ? हो त्यसैले अबको आन्दोलनको दिशा के हो भन्ने बारेमा पनि सोचौँ ।

हामीलाई के लागेको छ भने नेपालमा प्रगतिशील साहित्य, प्रगतिशील गीत सङ्गीत धेरै राम्रो छ । केही कमि कमजोरी छन् तर मूख्य रूपमा यी धेरै राम्रा छन् । गीत सङ्गीत र सिर्जनाको क्षेत्रमा त असङ्ख्य धनी छ नेपाल । इतिहासमा हामीले के गरेका छौँ ? यसलाई एकातर्फ माथि उठाउन जरुरी छ । अर्कोतिर आन्दोलन पूरा भएको छैन । अर्को नयाँ आन्दोलनका निम्ति हामीले साहित्य, कला, गीत सङ्गीतको क्षेत्रबाट अर्को तयारी गर्न जरुरी छ । अब आन्दोलनको लक्ष्य कस्का विरुद्ध हो र के प्राप्ती हो भन्ने कुरालाई हामीले राम्रो तरिकाले सोच्न जरुरी छ । अब सामन्त, दलाल, नोकरसाह र भारतीय विस्तारवादलाई जस्ले बचाउन र संरक्षण गर्न चाहन्छ त्यसैका विरुद्ध हाम्रो आन्दोलन लक्षित हो र हुनु पर्छ । नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादमा जाने कुरा त छँदै छ । यो दिशामा ध्यान दिऊँ । हामीले धेरै मिहिनेत गरेका पनि छौँ । धेरै मिहिनेत गर्दा गर्दै डर लाग्ने कुरा के छ भने विजातीय सजातीय हुने र सजातीय विजातीय हुने अवस्था आयो । यस्तो फास्टो आइलाग्यो । हाम्रा मित्रहरू अर्कैतिर गएर दुश्मन भनेकाहरूसित घाँटी जोड्ने कुरा आयो । यस्तो स्थिति छ । यसबारेमा हामीले लेखौँ । सबैले लेखौँ, जेवी, दुवाल अरू साथीहरूले पनि लेखौँ । जस्ले हामीलाई टिच गर्न सकोस् । इच्छुक प्रतिष्ठानले त्यस सम्वन्धी सामग्री तयार पारोस् । यो प्राज्ञिक संस्था पनि हो । प्रज्ञिक संस्थाको हैसियतले यसले महत्वपूर्ण भूमिका खेलोस् । यति भन्दै मेरा कुरा यहीँ टुङ्ग्याउँछु । धन्यावाद ।

(इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित बैशाख २८ गतेको कार्यक्रममा चैतन्यले प्रमुख अतिथिको तर्फबाट दिनुभएको सम्भाषण)