काठमाडौं, जेठ २ । सुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता भएको मकालु एयरको विमान अझै भेटिएको छैन ।
यसअघि विमान बाजुरामा भेटिएको खबर आएको थियो । तर, यो सूचना गलत भएको पाइएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको थियो । विमानमा चालक दलका २ सदस्य मात्र छन् । विमान ७ः५५ मा सिमकोट पुग्नुपर्ने भए पनि अहिलेसम्म सम्पर्कमा छैन ।