डीपीएल–२को उपाधिको लागि धनगढी र काठमाडौं भिड्दै, विजेतालाई २५ लाख

डीपीएल–२को उपाधिको लागि धनगढी र काठमाडौं भिड्दै, विजेतालाई २५ लाख

धनगढी, चैत ३० । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) को उपाधिका लागि आज साविक विजेता सोमपाल कामीको टिम चौराहा धनगढी र ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन्स बीच प्रतिस्पर्धा हुँदैछ । उपाधि विजेताले २५ लाख नगद पुरस्कार पाउने छ ।

बिहीबारको खेलमा महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले हराउँदै काठमाडौं गोल्डेन्सले धनगढीसँग उपाधि भिडन्त पक्का गरेको थियो ।प्लेअफ अन्तर्गत गत मंगलबार भएको पहिलो क्वालिफायर खेलमा काठमाडौं गोल्डेन्सलाई एक विकेटले हराउँदै धनगढीले फाइनलमा स्थान सुरक्षित गरेको थियो । काठमाडौंलाई आज त्यो हारको बदला लिने मौका छ ।

घरेलु दर्शकको साथ पाएको धनगढीले जितेमा लगातार दोस्रोपटक डीपीएल उपाधिमा कब्जा जमाउनेछ ।