कञ्चनपुरको बेलौरीभुडामा भारतले नेपाली भूमि मिचेको भन्दै क्रान्तिकारी माओवादीले ग¥यो जोडदार विरोध

कञ्चनपुरको बेलौरीभुडामा भारतले नेपाली भूमि मिचेको भन्दै क्रान्तिकारी माओवादीले ग¥यो जोडदार विरोध

कञ्चनपुर, चैत २८ । नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुरले बुधबार एक वक्तव्य जारी गर्दै जिल्लाको बेलौरीभुडामा भारतीय पक्षले सीमा मिचेको भन्दै सीमा अतिक्रमणको जोडदार विरोध गरेको छ । जिल्ला सेक्रेटरी विक्रान्तले जारी गरेको वक्तव्यमा कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका वडा नं. १० को भुडामा डेढ दर्जन परिवारको जमिन संयुक्त सर्भे टोलीले एकाएक भारतीय भूमिमा परेको देखाइएको उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘सो जमिन २०२८ सालदेखि लालपुर्जा समेत दिएर बसेका साविक ३४ नम्बर पिल्लरको सट्टा (सीमा स्तम्भ) ७, ८ र २ मा सुचना टाँस गरि जमिन खाली गर्न भनिएको छ ।’ भुडाका चन्द्रदेव पन्त, विक्रम थापा, धनिदत्त पन्त, भवानी भट्ट, मानसिंह थापा लगायतको जमिन भारततिर देखाएको वक्तव्यमा भनिएको छ, ‘ऐतिहासिक प्रमाण र २०२८ सालदेखि लालपूर्जा लिएर बसेका स्थानीयको जमिनलाई एकाएक भारतीय पक्षबाट सो क्षेत्रमा बसोवास गरी बसेका स्थानीयलाई तथ्य सत्य प्रमाण नजुटाई सोझै भारतीय पक्षबाट सूचना टाँस गर्ने कार्यको तत्काल विरोध गर्दै सो कार्य रोक्न हुन प्रशासन समक्ष जोडदार माग गरिन्छ ।’

वक्तव्यको अन्तमा, ‘नेपाली सीमा भारतीय पक्षबाट सदियौं वर्षदेखि हस्तक्षेप हुँदै आएकोले अब भारतीय पक्षबाट हुने सीमा अतिक्रमणका विरुद्ध सबै नेपालीले एकजुट भएर लडनुपर्ने र वर्तमान सरकारले लम्पसार पर्र्दै भारतीय पक्षसँग गरेका गलत सम्झौताले मुलुकको अस्तित्व नै संकटमा पर्न सक्ने भएकोले हाम्रो पार्टी सदैब देश र राष्ट्रियताको सवालमा गम्भीर रहदै आएकोमा भारतीय उपनिवेशबाट यो मुलुकलाई स्वतन्त्र बनाउन पनि हाम्रो आन्दोलनलाई सहयोग समर्थन गर्न हुन अपील गर्दछौं ।’ भनिएको छ ।