एजेन्सी । अल्जेरियामा भएको सैनिक विमान दुर्घटनामा परि कम्तिमा एक सय जनाको मृत्यु भएको छ । राजधानी अल्जियर्स नजिक रहेको एक सैनिक विमानस्थल नजिक बुधबार बिहान भएको दुर्घटनामा अझै धेरै सैनिकको मुत्यु भएको हुनसक्ने स्थानीय सञ्चार माध्यमलाई उधृत गर्दै बीबीसीले जनाएको छ । मुत्यु हुनेको सख्या दुई सय बढी पुग्न सक्ने अनुमान गरिएको छ ।
बीबीसीका अनुसार घटनास्थलबाट १४ वटा एम्बुलेन्सले विरामीलाई अस्पताल ओसारिरहेका छन् । चार वर्ष पहिले पनि अल्जेरियामा भएको विमान दुर्घटनामा ७७ जना सैनिक अधिकारी तथा उनीहरुका परिवारका सदस्यको मृत्यु भएको थियो ।