काठमाडौं, चैत ८ । वल्र्डलिंक कम्युनिकेशन्सले नेपाली नयाँ बर्ष २०७५ को अबसर पारेर डबल ब्याण्ड विथका साथमा ‘बिस तिस पचास, अफर झक्कास’ नामक नयाँ योजना ल्याएको छ ।
यस अफरमा वल्र्डलिंकका ग्राहकहरुले डबल ब्याण्ड विड्थका साथमा ४४ प्रतिशतसम्म छुट र १२ महिनासम्म निशुल्क आइपि टिभी (नेट टिभी) सेवा पाउन सक्नेछन् ।
यस अफरमा वल्र्डलिंकका ग्राहकहरुले बिस, तिस र पचास एमबिपिएस गतिको अनलिमिटेड इन्टरनेट वार्षिक १२०००, १४००० र १६००० रुपैयाँमै पाउने छन् । यसका साथै एक वर्षसम्म निशुल्क नेट टिभीसमेत प्रयोग गर्न पाउनेछन् । यस्तो गतिको सुविधा ३ महिना र १ महिनाको सेवा लिन चाहनेहरुले पनि पाउन सक्नुहुनेछ ।
मुलुकभर ४० भन्दा बढी शाखा र देशभर १ लाख ८० हजारभन्दा बढी सक्रिय ग्राहक भएको वर्डलिंकले इन्टरनेट, आइपि टिभी, डाटा सेवा उपलब्ध गराउँदै आएको छ ।