
काठमाडौं, चैत ८ । कम्पनी रजिष्ट्रारको कार्यालयभित्र जुवा खेलिरहेका १० जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीले बुधबार कार्यालय समयमै कम्पनी रजिष्ट्रारको परिसरको एउटा कोठामा जुवा खेलिरहेका १० जनालाई पक्रेको हो ।

प्रहरीले त्रिपुरेश्वरस्थित कार्यलयमा १ बुक तास प्रयोग गरी जुवा खेली र खेलाई हेरिरहेको अबस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा अधिकांश सवारी चालक रहेका छन् ।
वृत्तका डिएसपी प्रदिपकुमार क्षेत्रीले पक्राउ परेका १० जनाबाट सवा लाख भन्दा बढि रकम बरामद भएको बताए । उनका अनुसार पक्राउ परेका अधिकांस सोही कार्यालयका कर्मचारी हुन् । प्रहरीले कार्यालयबाट धर्मराज मगर, चित्र बहादुर मगर, रबिन्द्र थापा, रेवती कुमार कार्की, प्रदिप कार्की, सन्तोष थापा, कृष्ण तामाङ ,राजु मगर, सुनिल कार्की र हरि बहादुर सिंहलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाएको छ ।