काठमाडौं, फागुन २५ । मार्केट रिसर्च फर्म ईन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)द्वारा प्रेशित ताजा रिर्पोटका अनुसार सन् २०१७मा २९५ प्रतिशतको ‘डबल डिजिट’ बृद्धिदर दर्ता गर्दै दक्षिण पूर्वी एसियाली क्षेत्रमा बार्षिक स्मार्टफोन शिपमेन्ट्सका आधारमा ओपोले दोस्रो स्थान सुनिश्चित गर्न सफल भएको छ ।
‘क्वाटर्ली मोबाइल फोन ट्र्याकर’मा ईन्डोनेसिया, मलेसिया, म्यानमार, फिलिपिन्स, थाइल्याण्ड र भियतनाम लगायत बजारहरु समाविस्त गरिएका छन् ।
सन् २००९मा पहिलो अन्तर्राष्ट्रिय बजारका रुपमा थाइल्याण्डमा स्थापनासंगै ओप्पोले स्थानीय उपभोक्ताको चाहना अनुरुपका उत्पादनहरु उपलब्ध गराउँदै यस क्षेत्रमा तीब्र्र बृद्धिदर हात पार्दै आएको छ । ओप्पोको स्थानीयकरण योजना अनुसार कम्पनीले यूवा उपभोक्ताहरुको चाहना बुझ्दै तिनलाई सुन्दर तथा फेशनेबल डिजाइनमा नवप्रबर्तनात्मक अत्याधुनिक प्रविधि सुसज्जित उत्पादन उपलब्ध गराउँदै आएको छ ।
प्रयोगकर्तालाई ब्यक्तिगत तवरमा ब्यूटिफिकेशन उपलब्ध गराउन उद्योगमै पहिलो पटक ‘एआई ब्यूटी रिकग्निशन’ प्रविधि सहित सार्वजनिक गरिएको एफ सिरिज अन्तर्गतको सेल्फी एक्स्पर्ट एफफाइभ यूवाहरु माझ अत्यधिक लोकप्रिय प्रमाणित भइसकेको छ । कम्पनीद्वारा सार्वजनिक उद्योगकै पहिलो मध्य आधुनिक फुल स्क्रिन एफएचडीं डिस्प्ले र सहज फेसियल अनलक प्रविधि पनि पर्छन् ।
भविष्यमा पनि कम्पनीले आफ्ना नयाँ उत्पादनका माध्यमबाट प्रयोगकर्ताहरुलाई निरन्तर नवप्रबर्तनात्मक अनुभव पस्कँदै यस क्षेत्रका प्रयोगकर्ता माझ आफ्नो स्थान अझ सुदृढ बनाउने योजना बनाएको छ ।
साथै, भविष्यका लागि अत्याधुनिक मोबाइल प्रविधिका रुपमा रहेको फाइभजी कनेक्टिविटीलाई दृष्टिगत गर्दै ओपोले दक्षिण पूर्वी एसियामा अझ आकर्षक तथा उपयोगी उत्पादन पस्कँदै जाने योजना बनाएको छ ।