धादिङ, फागुन २५ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ६, जरेमा बस दुर्घटना हुँदा ९ जना घाईते भएका छन् ।
धादिङबेसीबाट काठमाडौ जाँदै गरेको बा३ख २८६८ नम्बरको ग्रामीण यातायातको बस सडकबाट खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सन्जय तिमिल्सीनाले जानकारी दिए ।
घाईतेहरुको गजुरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट बस तल खसेको प्रहरीको भनाइ छ ।