बालविवाह गराउन खोज्ने परे प्रहरीको खोरमा

बालविवाह गराउन खोज्ने परे प्रहरीको खोरमा

महोत्तरी, फागुन २५ । महोत्तरीको बर्दिबास नगरपालिका ६ किसाननगर बाँके टोल घर भएका रामचन्द्र साहकी १७ वर्षिय छोरी शर्मिला कुमारी साहकोे बालविवाह स्थगित भएको छ । उनको यहि फागुन ३० गते गौशला नगरपालिका मुरलीचोक घर भएका अशोक कुमार साहसँग विवाह हुन लागेको थियो ।

बालविवाह हुन लागेको थाहा पाएपछि स्थानीयले इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी गरेका थिए । सोही उजुरीको आधारमा प्रहरीले शुक्रबार शर्मिला र उनका परिवारलाई नियन्यत्रमा लिएको हो । प्रहरीका अनुसार बालविवाह गराउन खोज्ने शर्मिलाका बुवा रामचन्द्रका एकछोरा र ३ छोरीमध्ये शर्मिला कान्छी छोरी हुन् ।

विवाहमा केटी पक्षले पलङ्ग, दराज, लत्ताकपडा लगायत पाँचलाख बराबरको दाइजो केटा पक्षलाई दिने सहमति भएको थियो ।