
काठमाडौं, पुस ६ । म्यानचेस्टर युनाइटेड लिग कप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । सेमिफाइनल प्रवेशका लागि बुधबार राति अवे मैदानमा भएको खेलमा प्रिमियर लिगको दोस्रो स्थानमा रहेको जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड च्याम्पियनसिप क्लब ब्रिस्टोल सिटीसँग पराजित भएको हो ।
फुटबल पावर हाउसको रुपमा चिनिने म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै अन्तिम चारको यात्रा तय गर्ने क्रममा ब्रिस्टोल सिटीले २–१ को जित निकालेको हो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५१ औं मिनेटमा जोय ब्रायले गोल गर्दै ब्रिटोललाई अग्रता लिए ।




तर त्यसको सात मिनेटपछि जाल्मटन इब्राहिमोविचले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल फर्काए । खेलको अन्तिम समयसम्म बराबरी भएपनि इन्जुरी समय म्यानचेस्टर युनाइटेडका लागि घातक बन्यो । इन्जुरी समयको तेस्रो मिनेटमा कोरी स्मिथले गोल गर्दै ब्रिस्टोल सिटीलाई जित दिलाए । स्मिथको गोलले म्यानचेस्टर युनाइटेडको यात्रा टुंग्यायो । अब ब्रिस्टोलले सेमिफाइलनमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ ।