
काठमाडौं, ५ पुस । एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा विराटनगर वारीयर्सले पोखरा राइनोजलाई ३ विकेटले पराजित गरेको छ ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २२ रन जोडेको थियो । उसका लागि मध्यक्रमका ब्याट्सम्यान राजेश पुलामी मगरले सर्वाधिक ३० रन जोडेका थिए । पोखराको ब्याटिङको अन्तिम ओभरमा ब्याट्सम्यानले पिचको बिचमा कुदेपछि अम्पायरले विपक्षी टोलीलाई पाँच रन पेनाल्टी दिएका थिए । विराटनगरका कप्तान पारस खड्काले ३ विकेट लिएका थिए ।




दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्सले काठमाडौं किङ्ग्स ११ को सामना गर्दैछ ।