
काठमाडौं, ५ पुस । काठमाडौंको उत्तरी भाग झोर–महांकालमा गोली चलेको छ । टोखा नगरपालिका वडा नम्बर १ मा अज्ञात समूहले गोली चलाउँदा घाँस काटन लागेकी महिलालाई लागेको छ ।
काठमाडौं प्रहरी प्रमुख रवीन्द्र धानुकका अनुसार कसले गोली चलायो र गोली चलाउनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनले भने, ’हामीले गोली चलाउनेको खोजी गरिरहेका छौं ।’ उनले अरु विस्तृत विवरण आउन बाँकी रहेको बताए ।