काठमाडौं, ५ पुस । एनआइसी एशिया बैंकले दुर्गम तथा ग्रामिण भेगमा समेत सेवा बिस्तार गर्ने उद्देश्य सहित बाजुरामा शाखा सञ्चालन गरेको छ । बैंकले यूकेएडको एक्सेस टू फाइनान्ससंगको सहकार्यमा यो शाखा सञ्चालनमा आएको हो ।
नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले बाजुरा शाखाको उद्घाटन गरेको हो । उनले ग्रामिण तथा दुर्गम स्थानका जनताहरुबिच बैकिङ्ग पहुँच अभिवृद्धि गराउँने सरकारको नीतिलाई एनआइसी एशिया बैंकको यो कार्यले थप सहयोग पुगेको बताए ।
बैंकले सम्भावित बजारक्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा थप शाखा सञ्चालनगर्ने योजना अगाडि सारेको छ । एनआइसी एशिया बैंकले नेपाल भरी १४९ शाखा कार्यालयहरु र १४१ ए टि एम काउन्टरहरुबाट सेवा प्रदान गर्दै आएको छ ।