‘यथास्थितिवादी धारा, संशोधनवादी कथित वाम गठबन्धनको धारा, र क्रान्तिकारी आमूल परिवर्तनकारी धारा । पहिलो धाराको नेतृत्व मूख्य रूपमा काङ्ग्रेसले गर्दछ, दोस्रो एमाले र उसको पुच्छर समाएर बैतरणी तर्न खोजेको माओवादी केन्द्र र तेस्रो धारा हामीले नेतृत्व गरेको धारा हो ।’

दाङको ३ नम्बर क्षेत्रमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र सो दलमा सामेल भएको माओवादी केन्द्र र मेरो दल ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ नै चर्चाको केन्द्रमा रहेका छन् । हामीलाई मतदाताहरूले विशेष गरेर वैद्य माओवादी भनेर चिन्दछन् । जहाँसम्म प्रतिस्पर्धाको कुरो छ, यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ । यथास्थितिवादी धारा, संशोधनवादी कथित वाम गठबन्धनको धारा, र क्रान्तिकारी आमूल परिवर्तनकारी धारा । पहिलो धाराको नेतृत्व मूख्य रूपमा काङ्ग्रेसले गर्दछ, दोस्रो एमाले र उसको पुच्छर समाएर बैतरणी तर्न खोजेको माओवादी केन्द्र र तेस्रो धारा हामीले नेतृत्व गरेको धारा हो ।

काङ्ग्रेस, एमाले र माओवादी केन्द्रसँग जनतालाई झुक्याउने, प्रलोभनमा पार्ने र यथास्थितिमै रमाउन लगाउने सस्तो नारा त होलान् तर वौद्धिक र सचेत मतदाताहरूले हाम्रो एजेण्डा मन पराउँछन् । यतिवेला मतदाताहरूको एउटै तर्क पाइन्छ, ‘जुन जोगी आए पनि कानै चिरेको’ । यो कुरालाई चिर्ने मुख्य चुनौती छ हाम्रा सामू । त्यो भन्दा पनि ठूलो चुनौती भनेको दश वर्ष जनयुद्ध लडेर आएको माओवादी नेतृत्वको एउटा शक्ति प्रचण्ड नेतृत्वको माओवादी केन्द्र एमालेमा विलय हुने प्रकृयामा गएको हुनाले हामीप्रतिको आशङ्का मेटाउने चुनौती छ । जनताको प्रश्नलाई हल गर्ने तत्कालको व्यवहारिक समस्या हाम्रा सामू छ । यद्यपि हामीले सैद्धान्तिक रूपमा, नीतिगत र कार्ययोजनाका हिसावले हामी नित्तान्त भिन्न छौँ भनेर आश्वस्त पार्ने प्रयास त गरेका छौँ परन्तु जनतामा संसदीय व्यवस्थाप्रति पनि र क्रान्तिप्रति पनि अत्यन्तै ठूलो निरासाभाव छ । संसदीय व्यवस्थाप्रति निरासा हुनु त राम्रो कुरा हो तर क्रान्तिप्रति नै वितृष्णा पैदा भयो भने त्यसले समस्या पैदा गर्छ ।
जहाँसम्म सम्भावनाको कुरा छ हामीले यो चुनावलाई चुनावी नतिजाका अर्थमा हारजीतको प्रश्नमा मात्रै यसको मूल्याङ्कन गरेका छैनौँ । संसदीय व्यवस्थाको चुनाव भनेको कर्पोट चुनाव हो ।

यहाँ जनमतलाई खरिदबिक्रीको मालको रूपमा लिइन्छ । यो चुनावका माध्यमबाट हामीले संसदीय व्यवस्थाको भण्डाफोर गर्दै त्यसको विकल्प जनवादी व्यवस्था हो भन्ने कुरालाई जनताका बीचमा लगिरहेका छौं । त्यसका साथै सङ्गठन विस्तार र सुदृढीकरणतर्फ लैजाने माध्यमका रूपमा पनि प्रयोग गरिरहेका छौं । तेस्रो कुरा क्रान्तिको तयारीका रूपमा पनि यो चुनावलाई कार्यनीतिक कार्यक्रमका रूपमा लिएको हुनाले यस कुरामा हामी सफल हुन्छौं ।

‘जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनलाई वर्गीय मुक्ति सहित समाधान गर्ने क्रान्तिको एजेण्डा हामीले जनतामा लगेका छौँ । समग्रमा जनगणतन्त्र स्थापनाको एजेण्डा हाम्रो राजनीतिक एजेण्डा हो ।’

हामीले जनतामा राष्ट्रिय स्वाधीनता, जनवादी क्रान्ति, आमूल परिवर्तन सहितको समृद्धिको एजेण्डा लिएर गएका छौँ । राष्ट्रिय उद्योगधन्दाको विकास गरेर विदेशीएका लाखौँ युवाहरूलाई स्देश फर्काउने र रेमिट्यान्समा चल्ने अस्थिर अर्थतन्त्रलाई स्थीर बनाउने र राष्ट्रिय पूँजीको विकास गर्ने एजेण्डा हामीले जनताका बीचमा लिएका छौँ । जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनलाई वर्गीय मुक्ति सहित समाधान गर्ने क्रान्तिको एजेण्डा हामीले जनतामा लगेका छौँ । समग्रमा जनगणतन्त्र स्थापनाको एजेण्डा हाम्रो राजनीतिक एजेण्डा हो ।
मतदाताहरूको घरघरमा पुगेर प्रत्यक मतदाताहरूसँग प्रत्यक्ष भेटघाट र सम्वाद गर्ने, आफ्नो चुनावी रणनीतिका बारेमा स्पषट पार्ने, राजनीतिक र आर्थिक एजेण्डाका र योजनाका बारेमा मतदाताहरूलाई प्रस्ट पार्ने रहेका छन् । त्यसका लागि घरदैलो भेटघाट र टोलटोलमा कोणसभा गर्ने कार्य भइरहेका छन् ।

‘प्रचण्ड नेतृत्वको माओवादी केन्द्र एमालेमा विलय हुन थालेको र विप्लवले पार्टीको नामबाट माओवादी पदावली हटाएको हुनाले अबको सच्चा क्रान्तिकारी माओवादी पार्टी भनेको यहि पार्टी हो भन्ने बुझाई जनतामा रहेको छ । मतदातासँग भोट माग्दा हामीलाई तपाइँ कुन पार्टीको हो भनेर सोध्छन् । त्यतिवेला हामीले माओवादी हौँ भन्दाखेरी कुन माओवादी भनेर सोध्छन् । अनि हामीले क्रान्तिकारी माओवादी भनेर जवाफ दिन्छौँ । जनताले ए यो त वैद्य माओवादी पो रहेछ भन्छन् । साँच्चैको माओवादी र सच्चा कम्युनिष्ट तपाइँहरू नै हो भनेर हाम्रो पार्टीका बारेमा बुझेका जनताले भन्दा हामीलाई गर्व लाग्छ ।’

जनतामा हाम्रो पार्टी र देजमोप्रति सकारात्मक बुझाई रहेको छ । आम जनताको जनजिब्रोमा देजमो स्थापित भइसकेको छैन । किनकि यो नित्तान्त नयाँ मोर्चा भएको र पहिलोपटक चुनावी मैदानमा यो मोर्चा सामेल भएको हुनाले यो मोर्चाको समग्र उद्देश्यप्रति जनता बेखबर जस्तै छन् । बरू हामीलाई वैद्य माओवादी भनेर आम जनताले स्पष्ट बुझेका छन् । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र एमालेमा विलय हुन थालेको र विप्लवले पार्टीको नामबाट माओवादी पदावली हटाएको हुनाले अबको सच्चा क्रान्तिकारी माओवादी पार्टी भनेको यहि पार्टी हो भन्ने बुझाई जनतामा रहेको छ । मतदातासँग भोट माग्दा हामीलाई तपाइँ कुन पार्टीको हो भनेर सोध्छन् । त्यतिवेला हामीले माओवादी हौँ भन्दाखेरी कुन माओवादी भनेर सोध्छन् । अनि हामीले क्रान्तिकारी माओवादी भनेर जवाफ दिन्छौँ । जनताले ए यो त वैद्य माओवादी पो रहेछ भन्छन् । साँच्चैको माओवादी र सच्चा कम्युनिष्ट तपाइँहरू नै हो भनेर हाम्रो पार्टीका बारेमा बुझेका जनताले भन्दा हामीलाई गर्व लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर