
काठमाडौं, ६ मंसिर । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप खेल्न नेपाली टोली छनौट गरिएको छ । बुधबार छनौट भएका २० खेलाडीमा राम्रो फर्ममा रहेका नेपाल यु–१९ टोलीका ब्याट्सम्यान अनिलकुमार शाहसमेत परेका छन् ।
युवा ओपर आसिफ शेख तथा नरेश बुढा ऐरी टोलीमा परेका छैनन् । आगामी डिसेम्बर ६ देखि ८ मा हुने आइसिसी वल्र्ड क्रिकेट अन्तर्गत नेपालले युएईविरुद्ध खेल्दैछ ।
अलराउन्डर महबुब आलम तथा युवा खेलाडी सौरभ ढकालको नाम पनि टोलीमा छैन । तालिमका क्रममा घाइते भएका कारण उनीहरुका नाम अन्तिम समयमा टोलीबाट झिकिएको हो ।
नोभेम्बर १६ देखि २० सम्म काठमाडौंमा भएका खेलका आधारमा खेलाडी छनौट गरिएको बताइएको छ । आइसीसी प्रतिनिधि इमानुल इस्लाम संयोजक रहेको छनौट समितिमा राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा तथा कप्तान पारस खड्का पनि सहभागी थिए ।
नेपाली टोली
पारस खड्का (कप्तान), अनिलकुमार शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दीलिपनाथ, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, हासिम अन्सारी, जितेन्द्रकुमार मुखिया, करन केसी, कुसल भुर्तेल, ललित भण्डारी, आरिफ शेख, शक्ति गौचन, शरद भेषवाकर, सिद्धान्त लोहनी, सोमपाल कामी, सुशील कँडेल ।