एजेन्सी । ईरान–इराकको सीमालाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी मृत्यु हुनेको संख्या २०० पुगेको विविसीले जनाएको छ ।
उत्तरी इराक र इरानको सीमा क्षेत्रमा ७.३ म्याग्निच्युड मापन गरिएको शक्तिशाली भूकम्प गएको छ । इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु रहेको उक्त भूकम्पकका कारण इरानको पश्चिमी केरमनसा प्रान्तमा कम्तीमा १ सय ४० जनाको मृत्यु भएको हो ।
इराकमा अन्य चारको ज्यान गएको बताइएको छ । मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ । भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किरहेका छन् ।
इरानबाट आएका खबरहरुका अनुसार इराक नजिकैको सीमा क्षेत्रका थुप्रै गाउँहरुमा क्षति पुगेको छ । इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबरहरु आएको बताएका छन् ।